बाँकेको सुरक्षामा प्रहरी अति नै संवेदनशिल छ

२७ श्रावण २०७४, शुक्रबार २३:३५
 

सदरलाइनडटकम   
२७ साउन, नेपालगन्ज : बाँकेका प्रहरी प्रमुख प्रहरी उपरिक्षक टेक बहादुर तामाङले बाँकेको सुरक्षाको विषयमा विभिन्न पक्ष र विषयलाई प्राथमिकतामा राखेर शान्ति सुरक्षा प्रदान गरिने बताएका छन ।
हालै सरुवा भएर जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकार माझ प्रस्तुत हुादै तामाङले सामाजिक सदभाव विरुद्ध हुने गतिविधि, लागु औषध, घरेलु हिंसा, अवैध कारोवार र तस्करीलाई प्राथकिमतामा राखेर सुरक्षा रणनीति अपनाइने स्पष्ट पारे ।
यस अघि गरिएको सकरात्मक सुरक्षा रणनीति र योजनालाई यथावत राख्दै सबैको सहकार्यमा शान्ति अमन चयन कायम गरिने पनि विश्वास दिलाए ।
प्रहरी उपरिक्षक तामाङले खुला सीमानाका कारण हुन सक्ने अवाञ्छित गतिविधिप्रति निगरानी बढाइनुका साथै अवैध कारोवार नियन्त्रण गरिने स्पष्ट पारे ।
उनले जनशक्ति, श्रोत साधानको अभाव भएपनि मौजाद स्थितिबाटै प्रभावकारी जनशक्ति परिचालन गरि जनताको सेवामा खटीने बताए । पत्रकारहरुले विभिन्न जिज्ञाशा राख्नुका साथै आवश्यक सल्लाह दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बाढीले घर भत्किदा एकै परिवारका ३ बालबालिकाको मृत्यु

२७ श्रावण २०७४, शुक्रबार २३:३५
सदरलाइनडटकम  २८ साउन, नेपालगन्ज : शुक्रबारदेखि अविरल परेको पानीका कारण आएको बाढीले बाँकेमा एकै परिवारका ३ जना बालबालिकाको मृत्यु भएको छ । भने एक जना पुरुषको समेत शव भेटिएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकबहादुर तामाङ्गले दिएको जानकारी अनुसार बाँके राप्ती सोनारी–४ लालपुरमा राप्तीनदीमा आएको बाढीमा परेर […]