बाँके–बर्दियाको प्रादेशिक सडक सञ्जालको गुरुयोजनाका बारेमा अन्तरक्रिया

सदरलाइन संवाददाता २० आश्विन २०८१, आईतवार १५:३५
 

नेपालगञ्ज : लुम्बिनी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय राप्ती उपत्यका देउखुरीले स्थानीय सडक तथा पुल ईकाई ललितपुरसंगको समन्वय तथा सहयोगमा बाँके र बर्दियाको प्रादेशिक सडक सञ्जालको गुरु योजनाका बारेमा लुम्बिनी प्रदेश सभाका सदस्यहरुसंग अन्तरक्रिया तथा छलफल गरेको छ ।

लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले मन्त्रालयले पहिलोपटक प्रादेशिक सडक सञ्जालको गुरु योजनाका बारेमा प्रदेश सभासदस्यहरुसंग विभिन्न चरणमा छलफल गर्न सुरु गरेको बताए ।

उनले गुरुयोजनाका कारण प्रदेशमा रहेका सडकको अवस्था र नयाँ सडक योजनाको बारेमा जानकारी हुने कुरामा जोड दिदै भने–‘ गुरु योजना नहुँदा काम गर्न पनि कठिन भएको थियो साथै कुन सडक कस्तो कसले निर्माण गरेको भन्ने यकिन गर्न कठिन भएको अवस्थामा गुरुयोजना अनुसार काम गर्ने भएपछि अव सहज हुने विश्वास लिएका छौ ।’


मन्त्रालयका सचिव भिमार्जुन पाण्डेले प्रादेशिक सडक सञ्जाल गुरु योजना अन्तिम चरणमा पुराएको बताउदै गुरुयोजनालाई टेकेर आगामी दिनका लागि योजना निर्माण गरिने बताए । उनले मन्त्रालयले पहिलोपटक यस्तो खालको छलफल चलाएको जानकारी दिदै भने–‘मन्त्रालयले पहिलोपटक प्रदेशका माननियहरुसंग जिल्लाको पायक पर्ने स्थानमै पुगेर सडक सञ्जालको बारेमा कुराकानी गर्ने र प्रदेश सडक सञ्जाल गुरु योजना कार्यान्वयनमा ल्याउने तयारीको स्वरुप यो अन्तरक्रिया हो ।’

प्रदेस सभा सदस्य रत्नबहादुर खत्रीले कुनै ठोस आधार बिना बनाईएका योजनाका कारण विभिन्न असहजता खेप्नु परेको कारण प्रदेश सरकारले सडक सञ्जाल गुरुयोजना निर्माण गरी काम गर्दा प्रदेशमा हुने विकास निर्माणलाई समेत टेवा पुग्ने बताए ।

सोही कार्यक्रममा प्रदेश सभासदस्य अम्बिका काफ्लेले लुम्बिनी प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयले थालनी गरेको प्रादेशिक सडक सञ्जालको गुरु योजनाले प्रदेसको औचित्य पुष्टि गर्ने बताईन । मन्त्रालयले सुरुवात गरेको यस्तो खालको अन्तरक्रिया प्रदेशका सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी चारठाँउमा आयोजना गरी छलफल सुरु गरेको जनाईएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीले सर्वसाधरणका लागि पिङ्ग निर्माण गरी सञ्चालनमा ल्यायो

२० आश्विन २०८१, आईतवार १५:३५
नेपालगञ्ज  :  जिल्ला प्रहरी कार्यालय बाँकेले बडा दशैको अवसरमा सर्वसाधरणका लागि लिंङ्ेपिङ्ग निर्माण गरि सञ्चालनमा ल्याएको छ । बाँके प्रहरी प्रमुख तथा प्रहरी उपरिक्षक तुलबहादुर कार्कीले बडा दशैको अवसरमा सर्बसाधारण, प्रहरी परिवारले बडा दशैको अवसर पारेर जिल्ला प्रहरी कार्यालयको गेटबाहिर लिङ्गेपिङ्ग निर्माण गरि सञ्चालनमा ल्याएको जानकारी दिए । उनले झट्ट […]