प्रहरी र सरकारी वकीलविरुद्ध उजुरी दर्ता

सदरलाइन संवाददाता २० मंसिर २०७८, सोमबार १५:२८
 

नेपालगञ्ज : सशस्त्र द्वन्दमा वेपत्ता व्यक्तिका आफन्तले बाँके र बर्दियाका सरकारी वकिल र प्रहरी प्रमुखविरुद्ध सोमवार उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासमा उजुरी दर्ता गराएका छन् ।

बाँकेका चन्द्रकला उप्रेती र देवीसरा विक, बर्दियाका देविसरा वली र पदम थारुले बाँके र बर्दियाका प्रहरी प्रमुख तथा सरकारी वकिलले आफुहरुले दिएको जाहेरी दर्ता गर्न इन्कार गरेको भन्दै उच्च अदालतमा उजुरी दर्ता गराएका हुन् ।


उप्रेती, विक, वली र थारुले सशस्त्र द्वन्दकालमा आफ्ना आफन्त वेपत्ता पारिएको र अहिलेसम्म अवस्था सार्वजनिक नभएको भन्दै दोषीमाथि अनुसन्धान र कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दर्ता गराउन गएका थिए । प्रहरीले जाहेरी दर्ता गरेन् । सरकारी वकिलले समेत जाहेरी दर्ता गर्न इन्कार गरे । त्यसपछि उनीहरु उच्च अदालत पुगेका हुन् ।

वेपता व्यक्तिको अवस्थाबारे थप अनुसन्धान गर्न र दोषीलाई कारवाहीको माग गर्दै वेपत्ताका परिवारले उच्च अदालतमा उजुरी दर्ता गराएको बाँकेमा यो पहिलो हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट बाँकेका एकजनाको मृत्यु, १ संक्रमित थपिए

२० मंसिर २०७८, सोमबार १५:२८
नेपालगञ्ज : बाँकेमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । कोहलपुर नगरपालिका–८ बाँकेका ८२ वर्षीय पुरुषको उपचारका क्रममा भेरी अस्पतालमा मृत्यु भएको हो । उनलाई गएको ९ गते कोरोना पुष्टि भएको थियो । त्यसैदिन उनी अस्पताल भर्ना भएका थिए । स्वास्थ्यमा सुधार हुन नसक्दा उनको मृत्यु भएको जिल्ला […]

सम्बन्धित