प्रविधिको उपयोगितासंगै सुरक्षामा ध्यान दिन आग्रह

३ चैत्र २०७४, शनिबार १६:५२
 

सदरलाइनडटकम
३ चैत, नेपालगन्ज  :  सूचना प्रविधिको उपयोगितासंगै यसको सुरक्षाको सवालमा पनि गम्भीर बन्नको लागि आग्रह गरिएको छ । कम्प्युटर एशोसियशन नेपाल बाँके शाखाले शनिबार नेपालगन्जमा आयोजना गरेको ‘सूचना मैत्री शासन र साईबर सुरक्षा’ बिषयक बृहद अन्तरक्रियमा सूचना प्रविधिको अधिकतम प्रयोग गर्दै यसको व्यवस्थानमा ध्यान दिन आग्रह गरिएको हो ।
कार्यक्रममा बोल्दै बाँकेका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसीले सूचना प्रविधिको उपयोगितासंगै यसको सुरक्षको सवालमा पनि गम्भीर बन्नुपर्ने कुरामा जोड दिदै भने–‘यसका फाईदाहरुको अधिकतम् उपोग गर्दै यसको बेफाईदा हुने पक्षमा गम्भीर बन्न सक्नुपर्छ ।’ प्रमुख जिल्ला अधिकारी केसीले बदलिदो परिस्थितिसंगै स्थानीय तहले सूचना प्रविधिको अधिकत्म उपयोग गर्न जान्नुपर्ने बताए । उनले प्रविधिको समयानुकुल प्रयोग गर्न सके सेवा प्रवाहमा पनि सरलता हुने र समयको समेत बचत हुने भएकोले यो अपरिहार्य भएको ठोकुवा गरे ।



क्यान नेपालका बरिष्ठ उपाध्यक्ष नवराज कुवँरले हरेक क्षेत्रको विकासका लागि सूचना प्रविधिको प्रयोग अनिवार्य रहेको तर त्यसको सुरक्षामा पनि उत्तिकै ध्यान दिनुपर्ने बताए ।
‘स्थानीय तहमा रहनुभएका जनप्रतिनिधिदेखि सबैले अहिले स्मार्ट सिटि, मेघा सिटीको कुरा गरि रहनुभएको छ । यस्तो शहरको निर्माण गर्दा सूचना प्रविधिको उपयोग कसरी गर्ने त्यसको नीति बनाउन आवश्यक छ ।’ क्यान बरिष्ठ उपाध्यक्ष कुव“रले भने,–‘नीजि क्षेत्र यस्ता बिषयमा हरेक तहका सरकारलाई सहयोग गर्न तत्पर छ ।’
कुव“रले सुचना प्रविधिको उपयोग गर्न सरकारी निकायले झर्को मान्न नहुने बताए । अहिलेको समयमा यसको उपयोगिता अनिवार्य भइसकेकाले आफुहरुलाई त्यसैमा ढाल्न सक्नुपर्ने बनाउन आवश्यक रहेको उनले बताए ।
सोही कार्यक्रममा बोल्दै क्यानका महासचिव रञ्जित पोदारले क्यान नेपाल स्थानीय तहलाई सुचना प्रविधि मैत्री बनाउन तयार रहेको तर त्यसका लागि सरकारले नै वातावरण बनाउनुपर्ने कुरामा जोड दिए ।
क्यान बाँकेका अध्यक्ष भोजराज तिमिल्सैनाका अनुसार, गोष्ठिमा प्रदेश नं. ५, ६ र ७ का सरकारी तथा गैह्रसरकारी अधिकारीहरु, सुरक्षा अधिकारी, व्यवसायी, कलेज र क्याम्पसका प्रमुख तथा सूचना प्रविधिप्रति चासो राख्नेहरुको सहभागिता रहेको छ ।   

Next Post

नेपालगन्ज उप–महानगरको वडानं. १५ पनि अब खुला दिसामुक्त

३ चैत्र २०७४, शनिबार १६:५२
सदरलाइनडटकम ३ चैत, नेपालगन्ज : नेपालगन्ज उप–महानगरको वडानं १५ लाई शनिबार खुल्ला दिसामुक्त वडा घोषणा गरिएको छ । यो संगै अव उप–महानगरका केही वडामात्र खुला दिसामुक्त घोषणा हुँन बाँकी छन् । नगरलाई खुल्ला दिसामुक्त बनाउने अभियान अन्तर्गत शनिबार वडा नं १५ लाई खुल्ला दिसामुक्त घोषणा गरिएको हो । ७ सय […]