बाँकेमा ७१ प्रतिशत मतदान, मतपेटीका केन्द्रमा पुर्याईदै

१४ असार २०७४, बुधबार २१:२३
 

सदरलाइनडटकम
१४ असार नेपालगन्ज : प्रमुख जिल्ला निर्वाचन अधिकृत तेजनारायण पौडेलले बाँकेमा ७१ प्रतिशत बढी मतदान भएको बताएका छन् । उनले दिएको प्रारम्भिक जानकारी अनुसार ७१ दशमलभ २५ प्रतिशत मतदान भएको छ ।
उनले भने–‘ सबै स्थानीय तहका मतदान स्थलबाट रिर्पोट आई सकेको छैन तै पनि प्रारम्भिक नतिजा अनुसार ७१ दशमलभ २५ प्रतिशतले मतदान भएको छ ।’ उनले सबै स्थानीय तहमा शान्तिपूर्वक मतदान भएको जानकारी दिए । मतपेटीका हरेक स्थानीय तहको तोकिएको केन्द्रमा पुराउने कार्य जारी रहेको छ ।
बाँकेको डुडुवा गाउपालिकाको होलिया पिप्रहवामा बाहेक अन्य ठाउमा निर्धारित समयमै मतदान सम्मपन्न भएको छ । पिप्रहवामा अन्तिम समयमा धेरै मतदाता एकै पटक आएपछि पाँचबजे अगावै मतदान केन्द्र भित्र पसेकाहरुले साँझ करिव साढे छ बजेसम्म मतदान गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले जानकारी दिए ।
मतदान सम्पन्न भएपछि सबै स्थानीय तहको मतपेटीका निर्बाचन कार्यालयले तोकेको स्थानमा ल्याउने क्रम सुरु भएको छ । खजुरा गाउपालिकाका निर्बाचन अधिकृत भुवन गिरीले मतपेटीका संकलन गरी सर्बदलिय सहमति भएमा आज रातीदेखिनै मत गणना गर्न आफुहरु तयार भएको बताए ।
यसैगरी डुडुवाका निर्बाचन अधिकृत लोकबहादुर हमाल, जानकीका निर्बाचन अधिकृत ऋषिराम केसी, बैजनाथका निर्बाचन अधिकृत सुशील देवकोटा, कोहलपुर नगरपालिकाका निर्बाचन अधिकृत टेकबहादुर थापाले मतपेटीका संकलन भएर केन्द्रमा आएपछि सर्बपक्षिय छलफल गरेर सहमति भए रातीदेखि नै मतगणना गर्ने गरी तयार अवस्थामा रहेका जानकारी दिए ।
नेपालगन्जमा प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले बिहीबार बिहानबाट मात्र मतगणना सुरु गर्ने गरी तयारी गरेको बताए । नेपालगन्जको मत भेरी प्राविधिक शिक्षालयमा गणना हुन जानकारी आएको छ ।
बाँकेको नरैनापुर गाउपालिकाका निर्वाचन अधिकृत गोर्खबहादुर थापाले दिएको जानकारी अनुसार ५ बजे नै मतदान सम्पन्न भएको थियो । नरैनापुर गाउपालिकाको केन्द्र नरैनापुरमा नै बिहीबार बिहान ७ बजेदेखि मतगणना सुरु हुने गरी तयारी अघि बढाएको बताए ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा मत गन्न सुरु (भिडियो समेत)

१४ असार २०७४, बुधबार २१:२३
सदरलाइनडटकम १५ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको मतगणनाको लागि गणकहरुले मत पत्र खोलेर मिलाउदै छन् । यतिबेला नेपालगन्ज–१ नं. वडाको मतपत्र मिलाई सकिएको र गणकहरु २ न. वडाको मत पत्र मिलाउदै रहेको मत गणना स्थलबाट जानकारी प्राप्त भएको छ । नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको ठूलो हलमा मत गन्नको लागि प्रबन्ध […]