रोजगारीका लागि महिलामैत्री वातावरण र लैगिंक समानतामा जोड

सदरलाइन संवाददाता ६ जेष्ठ २०८०, शनिबार १४:४४
 

बर्दिया : बाँके युनेस्को क्लबले युवा महिलाको रोजगारीकालागि स्थानीय स्तरमा अवसर, सम्भावना तथा आगामी प्राथमिकताका विषयमा छलफल गर्न बर्दियाको गुलरियामा एक संवाद कार्यक्रम गरेको छ ।

प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत सो संवादको आयोजना गरिएको हो ।

गुलरिया नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमकार शाहको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा युवा महिलाको रोजगारीका लागि महिला मैत्री वातावरण निर्माण गर्नुका साथै अभिभावक र सरोकारवाला निकाय सबैको सहयोग आवश्यक रहेको निष्कर्श निकालिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गुलरिया नगरपालिकाका उपप्रमुख सावित्रा गौतमले युवा महिलाको रोजगारी र आर्थिक सक्षमतामा लैंगिकताको प्रभावले समस्या पार्ने गरेको जनाउँदै स्थानीय सरकारले लैंगिक समानतामा विशेष ध्यान दिएर युवा महिलालाई रोजगारीको अवसर सृजना गर्नुका साथै सो विषयलाई आगामी दिनमा प्राथमिकतामा राख्ने प्रतिवद्धता जनाइन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहले लैङ्गिक असमझदारी हटाई महिलालाई स्थानीयस्तरबाट रोजगारीका अवसरहरु सृजना गर्न तथा सुरक्षित वातावरण निर्माणका लागि स्थानीय सरकारले विशेष ध्यान दिने बताए ।


कार्यक्रममा वडा नम्बर ४ का वडा अध्यक्ष सुरेश गौतम, नगरपालिकाको महिला विकास शाखा प्रमुख शिला शाह, वरिष्ठ सामाजिक विकास अधिकृत मुकुन्द अर्याल, शिक्षा शाखा प्रमुख सतिश यादव, उद्योग वाणिज्य संघ गुलरियाका सदस्य केशव रिजाल लगायतले पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिनुपर्ने र उनिहरुलाई कुनैपनि प्रकारको बाधा अडचन आउन नदिनुपर्नेमा जोड दिएका थिए ।

विभिन्न सरोकारवला निकाय, जनप्रतिनिधि, अभिभावक र युवा महिला गरेर ३० जनाको सहभागिता रहेको सो संवाद कार्यक्रमको सहजीकरण निरज न्यौपानेले गर्नु भएको परियोजना संयोजक गोविन्द लामिछानेले बताए ।

कार्यक्रममा सहभागि अभिभावकहरु खुशिराम चौधरी, अस्निता थारु, हरिमाया तिवारी र युवा महिलाहरु सरिता थारु, सृजना पुनमगर लगायतले आर्थिक अवस्था बलियो बनाउन महिलालाई अवसर र प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए ।

सो संवादमा कार्यक्रममा पालिका भित्रका बढीभन्दा बढी युवा महिलालाई रोजगारी लगायतका विभिन्न अवसर दिने बारेमा स्थानीय सरकार गम्भीर रहेको जानकारी गराईएको थियो ।

संवाद कार्यक्रममा उद्योग व्यापार संघका प्रतिनिधि, अभिभावक र स्थानीय सरकारका प्रतिनिधिका बीचमा गहन छलफल गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा एमालेको पुस्तकालय नियमित गरिने

६ जेष्ठ २०८०, शनिबार १४:४४
नेपालगञ्ज : नेपालगञ्जस्थित नेकपा एमाले पार्टी कार्यालयभित्र पुस्तकालय ब्यवस्थित गरिने भएको छ । मदन भण्डारी पुस्तकालय बाँकेका अध्यक्ष खिलप्रसाद भुसालको अध्यक्षतामा शनिबार बसेको कार्यसमितिको बैठकले दैनिकरुपमा पुस्तकालय सञ्चालन गर्ने गरि तयारी अघि बढाउने निर्णय गरेको छ । कार्य समितिका सदस्यहरुलाई कार्य विभाजन समेत गरिएको छ । बैठकले हरेक साता दुई […]

सम्बन्धित