नेपालगन्जको ट्राफिक व्यवस्थापनको लागि उप–महानगरको पहलमा सुर्खेतरोडका डिभाइडर हटाउन शुरु

१५ माघ २०७४, सोमबार १५:३६
 

सदरलाइनडटकम
१५ माघ, नेपालगन्ज  : ट्राफिक व्यवस्थापनका लागि नेपालगन्ज उप–महानगरले सुर्खेतरोडमा राखिएका डिभाइडरलाई व्यवस्थित गर्न सुरु गरेको छ । नेपालगन्ज उप–महानगरका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा बसेको सर्वदलीय÷सर्वपक्षिय वैठकले गरेको निर्णयानुसार आईतबार रातीदेखि सडकमा भएका डिभाईडर उठाउन शुरु गरिएको हो ।
अत्यन्तै ग¥हुङ्गा डिभाईडर हटाउन दिउसो सम्भव नभएपछि क्रेनमार्फत राती उठाउन लागिएको नेपालगन्ज उप–महागनरका उपप्रमुख उमा थापामगरले जानकारी दिईन । ‘यात्रु आवागमन र सुरक्षाका लागि राखिएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवागमनमा थप समस्या निम्तीएपछि डिभाईडर उठाउन शुरु गरिएको हो’– उप–महानगरका उपप्रमुख थापाले भनिन ।
नेपालगन्ज–२० को राँझाचौकदेखि गणेशमान चौकसम्मका तीन सय २५ डिभाईडर उठाइन लागिएको उप–महानगरपालिकाका सूचना अधिकारी शरदकुमार पौडेलले जनकारी दिए । सूचना अधिकारी पौडेलका अनुसार उठाइएका कतिपय डिभाईडर ग्रीन वेल्टसँगै जोडेर क्रसिङ क्षेत्रमै राखीनेछ ।


क्रसिङ क्षेत्र धेरै भएकाकारण यात्रुहरुले जथाभावी वाटो काटेर थप असुरक्षा बढाउनुका साथै ट्राफिकीङमा समस्या निम्त्याउन थालेपछि क्रसिङ मोडमा डिभाईडर राख्न थालीएको जिलला ट्रफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक होम थापाले जानकारी दिए । उनले सडकका २५ वटा क्रसिङ (मोड) मा डिभाइडर राख्ने तयारी गरिएको बताए ।
नगरको समग्र ट्राफिक व्यवस्थापनमा विशेष पहल शुरु गरि सकिएको उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले जानकारी दिए । उनले सुरक्षित र सहज आवागमनका लागि नगरका विभिन्न स्थानमा पार्किङ क्षेत्र पनि निर्माण गरिने बताए । सुर्खेतरोड र सदरलाइन सडक क्षेत्रका ४७ स्थानमा पार्किङ स्थल बनाइने तयारी गरिएको प्रमुख राणाले जानकारी दिए ।
ट्राफिक व्यवस्थापनका लागि ट्राफिक चिन्ह, सूचनामुलक बोर्ड लगायतका कामहरु अन्तिम चरणमा पुगेको उप–महानगरपालिकाका उपप्रमुख थापामगरले जानकारी दिईन ।


  0

Next Post

सन्दर्भ: नर्सिङ्ग दिवस, राज्यले नर्सिङ्ग पेशालाई सम्मान दिन नसकेको गुनासो

१५ माघ २०७४, सोमबार १५:३६
सदरलाइनडटकम   १५ माघ, नेपालगन्ज : नेपाल नर्सिङ संघको ५६ औं स्थापना दिवस विभिन्न कार्यक्रमका साथ मनाईएको छ । नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत नर्सिङ्गकर्मीहरुले पेशागत सुरक्षाको लागि सबै नर्सिङ्ग स्टाफहरुबीच एकता हुनु पर्ने कुरामा जोड दिएका छन् । नेपाल नर्सिङ्ग संघ बाँकेकी पूर्व अध्यष बसुन्धरा गौतमले आफुहरु बीच […]