सदरलाइनडटकम
१५ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाको मतगणनाको लागि गणकहरुले मत पत्र खोलेर मिलाउदै छन् । यतिबेला नेपालगन्ज–१ नं. वडाको मतपत्र मिलाई सकिएको र गणकहरु २ न. वडाको मत पत्र मिलाउदै रहेको मत गणना स्थलबाट जानकारी प्राप्त भएको छ ।
नेपालगन्जको भेरी प्राविधिक शिक्षालयको ठूलो हलमा मत गन्नको लागि प्रबन्ध मिलाईएको छ । अत्यन्तै ढिलो मत गणना गर्ने कार्य भएको भन्दै मत परिणाम सुन्न आतुर जनताहरु बाहिर आक्रोशित मुद्रमा रहेका छन् ।
मत गणना स्थलमा कडा सुरक्षा निगरानीमा राखिएको छ । मुख्य प्रवेश द्वारदेखि भित्र प्रवेश गर्ने स्थानमा चेकजाँच गरिने गरिएको छ । निर्वाचन परिणाम १८ घण्टा भित्र दिने भनिएको भए पनि मतदान भएको करिव २२ घण्टा हुँदा पनि कुनै परिणाम बाहिर आउन सकेको छैन । https://youtu.be/rmrYG-9NtfU
Next Post
कोहलपुर १ मा एमालेका गोपीलालको प्यानलै विजयी
१५ असार २०७४, बिहीबार १६:०६
सम्बन्धित
-
१४ कार्तिक २०८०, मंगलवार १४:२५
प्राविधिक विश्वविद्यालयको कार्यालय खजुरामा रहने
-
१९ फाल्गुन २०७८, बिहीबार १३:१०
शेर्पा समुदायद्वारा ग्याल्पो ल्होसार मनाईंदै
-
२८ बैशाख २०७९, बुधबार १५:३३
महिलाको हत्या आरोपमा तीनजना पक्राउ
-
१२ पुष २०७७, आईतवार १७:२७
संसद विघटन मुलुकका लागि दुर्भाग्यपूर्ण : भट्टराई
-
१३ पुष २०८०, शुक्रबार १३:५३
फर्जी विद्यार्थी खेलाएपछि एभरेष्ट मावि कारवाहीमा
-
१३ चैत्र २०७८, आईतवार १८:५३
नरैनापुर इलाका प्रशासन कार्यालय पुनर्स्थापना हुने