कोहलपुर महोत्सव सुरु : कोहलपुरलाई व्यापारिक केन्द्र विन्दु बनाउने पहल गरिने

२६ माघ २०७४, शुक्रबार २०:२८
 

सदरलाइनडटकम
२६ माघ, कोहलपुर(बाँके) : बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । कोहलपुरमा शुक्रबार कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४’ को उद्घाटन गर्दै बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले कोहलपुरलाई भारत र चिन जोड्ने माध्यमका रुपमा विकसित गराउन सकिने बताएका हुन् ।
उनले भने, ‘कोहलपुरदेखि भारतको दिल्लीसम्म फोरलेनको सडक निर्माण भएको छ, कुनै पनि ठाउँमा अवरोध छैन् भने हिल्सामा मितेरी पुल निर्माण कार्य सम्पन्न भएकोले छ । तिब्बत र नेपालको सडक निर्माण कार्य सम्पन्न हुँदा मात्रै कोहलपुर अन्र्तराष्ट्रिय केन्द्र विन्दुको शहरका रुपमा विकास हुने सम्भावना छ ।’
साथै उनले प्रदेशको राजधानी बहुमतबाट तोकिने कानूनी व्यवस्था भएकाले अब प्रदेशको राजधानी बहुमतबाटै टुङ्गिनेमा जोड दिएका थिए । सम्पूर्ण उद्योगहरु देश भित्र र बाहिरबाट केन्द्रित गर्नका लागि बाँके सम्भावना बाकेको जिल्ला रहेको भन्दै कोहलपुर औद्योगिक क्षेत्रको केन्द्र विन्दका रुपमा रहेको बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिका मेयर लुटबहादुर रावतले आर्थिक विकासका लागि यस्ता पर्दशनी तथा महोत्सवहरुले महत्वपूर्ण भूमिका निवार्ह गर्ने गरेको बताए ।
बाँके प्रमुख जिल्ला अधिकारी रमेश केसीले देशमा शान्ति र स्थिरता हुँदा आर्थिक विकास हुने भन्दै व्यापार मेलाहरुको विशेष प्रदर्शनि गर्नुपर्ने बताए ।
कार्यक्रममा बोल्दै कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४ मुल समारोह समितिका संयोजक चक्रबहादुर अधिकारीले महोत्सवपछि संकलन हुने आर्थिक स्रोतले कोहलपुर उद्योग वाणिज्य संघको आधुनिक भवन बनाउने प्रमुख लक्ष्य रहेको बताएका छन् ।
कार्यक्रममा ज्येष्ठ व्यवसायी मेजरमान श्रेष्ठ, सफल व्यवसायी देवानन्द अर्याल, सफल उद्यमी मिना गौडेल, अपाङ्गता व्यवसायी दिपक दरै र एकल महिला व्यवसायी भारती खनाललाई सम्मान गरिएको थियो ।
महोत्सवको उद्घाटन अघि कोहलपुर चौराहाबाट हात्ति सहितको कलश यात्रा निकालिएको थियो । कलशयात्रा सहितको ¥याली नगरका विभिन्न स्थानहरुको परिक्रमा गरी महोत्सव स्थलमा पुगेको थियो । ¥यालीमा बिभिन्न उद्योगी, व्यापारीका साथै सामाजिक क्षेत्रमा सक्रिय संघसंस्थाहरु व्यानर सहित सहभागी भएका थिए । त्यस्तै महोत्सवको पहिलो दिन राष्ट्रिय कलाकार भागिरत चलाउने र नविन खड्काले आफ्नो पस्तुति प्रस्तुत गरेका थिए ।
त्यस्तै ३ लाख बढि दर्शकले अवलोकन गर्ने अपेक्षा गरीएको महोत्सवबाट ८९ लाख रकम बचत गर्ने लक्ष्य लिएको महोत्सव आयोजक कोहलपुर उद्योग वाणिज्य संघका महासचिव तेज प्रसाद अधिकारीले बताएका छन् । महोत्सव अवधि भरी कुल कारोबार ६ करोड बराबार रहेको आयोजकले अनुमान गरेको छ । महोत्सवमा कुल तीन सय स्टल मध्ये सूचना प्रविधिलाई १५ वटा स्टल, अटो रिक्सा अन्तर्गतका दुई पाङ्ग्रे, तीन प्राङ्ग्रे र चार पाङ्ग्रेलाई ८ वटा स्टल, व्यवसायिक स्टल २ सय, अन्य कृषि, फलफुल, जडिबुटि, सेवा एवम् शिक्षण मुलक, महिला उद्यमी स्टल ५०, होलट १८ वटा, थारु गाउँका लागि ११ वटा स्टल रहेका छन् ।


    

Next Post

बासकी पूर्व केन्द्रीय रुक्मिणी शाहको जन्मदिनमा विपन्न छात्रालाई साईकल

२६ माघ २०७४, शुक्रबार २०:२८
सदरलाइनडटकम २६ माघ, नेपालगन्ज : बासले आफ्नो दिवंगत केन्द्रीय सदस्यको स्मरणमा स्थापना गरेको स्मृती कोषबाट एक स्कुले बालिकालाई स्कुल जानको लागि साईकल हस्तान्त्रण गरेको छ । ९ वर्ष अघि दिवंगत बासकी पूर्ब केन्द्रीय रुक्मिणी शाहको जन्मदिनको अवसर पारेर नेपालगन्ज स्थित हिमालय साईकल हाउसको सहकार्यमा बासले स्थापना गरेको रुक्मिणी स्मृति अक्षय […]