बाँकेका ८ स्थानीय तहमा कसको कति अपेक्षा ?

११ असार २०७४, आईतवार १९:५९
 

 सदरलाइनडटकम
११, असार नेपालगन्ज : दोस्रो चरणको स्थानीय तहको निर्वाचनको मौन अवधी सकिने अन्तिम दिन बाँकेका ८ वटै स्थानीय तहमा विभिन्न पार्टीहरुले आफ्नो प्रचार अभियान तिब्र पारेका छन् ।
बाँकेमा नेपालगन्ज उपमहानगरपालिका सहित १ नगरपालिका कोहलपुर र ६ वटा गाँउपालिका रहेका छन् । जिल्लामा जानकी गाँउपालिका, डुडुवा गाँउपालिका, नरैनापुर गाँउपालिका, राप्ती सोनारी गाँउपालिका, खजुरा गाँउपालिका र बैजनाथ गाँउपालिका रहेका छन् ।
संविधानसभा निर्वाचन २०७० मा ४ निर्वाचन क्षेत्र रहेको बाँकेमा एमालेले ३ र कांग्रेसले १ निर्वाचन क्षेत्र जितेका थिए । अन्यत्र जिल्लामा कांग्रेस र माओवादी केन्द्र वा अन्य ठूला दलहरुका बीचमा तालमेल भएपनि बाँकेमा भने यस्तो भएको छैन् । नेपालगन्ज उपमहानगरपालिकामा नयाँ शक्ति नेपाल र संघिय समाजबादी फोरमका बीचमा तालमेल भएको छ ।
नेपालगन्ज उपनगरपालिकामा कांग्रेस, एमाले र राप्रपाले आ आफुले जित्ने दलिल पेश गरेपनि प्रतिपर्धा ५ राजनीतिक शक्तिका बीचमा हुने छ । माओवादी केन्द्र र संघीय समाजवादी फोरम एवम नयाँ शक्तिको गठवन्धन पनि प्रतिस्पर्धामा रहने छन् ।
उपमहानगरपालिका सहित ४ गाँउपालिका जित्ने कांग्रेसको दावी
नेपाली कांग्रेसका तत्कालिन सभापति स्व.सुशील कोइरालाको निर्वाचन क्षेत्र रहेको बाँकेमा स्थानीय तहको निर्वाचन कांग्रेसले जिल्लाको नेपालगन्ज उप–महानगरमा बहुमत वडासहित मेयर उपमेयर जित्ने दावी गरेको छ । नेपालगन्ज मेडिकल कलेजका सञ्चालक समेत रहेका धनाढ्य डा. सुरेशकुमार कनौडियालाई उठाएको कांग्रेसले तत्कालिन पार्टी सभापति सुशील कोइरालको बिरासत जोगाउन पनि यहाँ जित्ने रणनीति बनाएको छ । तर प्रतिस्पर्धा निकै नै पेचिलो बनेकाले थोरै मतले मात्रै जित हार फाइनल गर्ने छ ।
कांग्रेसले जानकी गाँउपालिकालाई जित्ने गाँउपालिकाको सूचिमा कांग्रेसले राखेको छ । डडुवा र राप्ती सोनारी गाँउपािलका कांग्रेसले जित्ने गाँउपालिका हुन् । राप्ती सोनारी गाँउपालिकामा कांग्रेसका बाँके पूर्व उपसभापति बाबुराम थारु नै उम्मेदवार रहेका छन् । जानकी गाँउपालिकामा पनि कांग्रेसले जित्ने सम्भावना छ । प्रतिस्पर्धा संघिय समाजवादी फोरम, कांग्रेस र एमालेका वीचमा हुने छ ।
एमाले भन्छ : हामी जित्छौं ५ स्थानीय तह
नेकपा एमालेले नेपालगञ्ज उपमहानगरपालिका सहित अन्य ३ स्थानीय तहमा जित सुनिश्चित भएको दावी गरेको छ । एमालेले उपमहागनरपालिकामा मुस्लिम समुदायका उम्मेदवार समसुद्दिन सिद्दिकीले मुस्मिलहरुको मत खाएर निर्णायक जित्न हात पार्ने रणनीति बनाएको छ ।
एमालेले जिल्लाका खजुरा गाँउपालिका, बैजनाथ गाँउपालिकामा जित्ने र नरैनापुर गाँउपालिकामा प्रतिस्पर्धामा आएर निर्वाचन जित्ने दावी गरेको छ । नरैनापुरमा एमाले क्षेत्र नः २ का सांसद दिनेश यादवका छोरा अध्यक्षमा उठेका छन् । त्यहाँ एमाले र संघिय फोरमका वीचमा प्रतिस्पर्धा हुने छ ।
कोहलपुर नगरपालिका एमालेले जित्ने दाबी गरेको छ । यहाँ अखिल क्रान्तिकारीको अध्यक्ष नरेन्द्र न्यौपाने, कांग्रेसका भानुभक्त न्यौपाने र एमालेबाट लुटबहादुर रावत मेयरमा उम्मेदवार छन् । नरेन्द्र युवा नेता हुन भने, लुटबहादुर २ पटकसम्म कोहलपुर गाविस अध्यक्ष भएका ब्यक्ति हुन् । कांग्रेसले कोहलपुरमा बलराम शर्मालाई उम्मेदवारी दिएको भए एमाले र माओवादीलाई समस्या पर्न सक्थ्यो । सल्यानीको मत शर्माले खान सक्थे । जसले जितलाई नजिकल्याउन बल दिन्थ्यो ।

माओवादीको आस नेपालगन्ज, खजुरा, कोहलपुर र राप्ती सोनारीमा ।
माओवादी केन्द्रले नेपालगन्ज उप–महानगरपालिकामा जित्ने बताए पनि माओवादी केन्द्रको अलिक राम्रो जनमत भएको स्थान हो राप्ती सोनारी । राप्ती सोनारी माओवादी केन्द्रका पूर्व सांसद पट्ट थारु उम्मेदवार छन् । एमालेबाट
डाक्टर भनेर चिनिने तुलसी चौधरी युवा उम्मेदवार छन् कांग्रेसबाट पूर्व उपसभापति लाउराम थारु उम्मेदवार छन् । कोहलपुर नगरपालिकामा अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने उठेका कारणले केही आशा माओवादीले यहाँबाट गरेको छ ।
राप्रपालाई धवलको भर 
पहिलो चरणको निर्वाचनमा जम्मा १ मात्रै स्थानीय तहको प्रमुख जित्न सकेको राप्रपाको सवै आशा अब धवलशम्शेर राणा माथि गएर थुप्रिएको छ । नेपालगञ्ज नगरपालिकाका पूर्व मेयर भएको र गएको संविधानसभा निर्वाचनमा क्षेत्र नः ३ मा कांग्रेसका तत्कालिन सभापति सुशील कोइरालाको निकटत्तम प्रतिद्धन्द्धी धवल भएका कारणले पनि राप्रपाले ठूलो आशा गरेको छ । तर, हिन्दु राज्यको नारा बोकेर हिडेको राप्रपालाई मुस्लिम समुदायको बाहुल्य रहेको नेपालगन्जमा जित्न समस्या नै हुने छ । २०५४ मा उनी त्यतिबेलाको ठूलो पार्टी एमालेबाट मेयरमा बिजयी भएका थिए । यसपटक सानो पार्टीबाट उनी उम्मेदवार बन्दै छन् ।


जिल्लामा २ लाख ४६ हजार ७८ मतदाता ।
बाँके जिल्लामा ८ वटा स्थानीय तहमा गरेर २ लाख ४६ हजार ७८ मतदाता छन् ।
कूल मतदातामध्ये महिला एक लाख २५ हजार ९३३, पुरुष एक लाख २० हजार ८४ र तेस्रोलिङ्गी एकजना छन् । निर्वाचनमा मतदाताले सहजरुपमा मतदानमा भाग लिन सकुन भन्ने उद्देश्यले १३६ मतदानस्थलका लागि २९५ मतदान केन्द्रको व्यवस्था गरिएको छ । सबै मतदान केन्द्रमा ६ जना निर्वाचन आयोगका कर्मचारी सुरक्षाकर्मी सहित पुगिसकेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रचारको अन्तिम दिन एमालेको नेपालगन्जमा शक्ति प्रदर्शन (फोटो फीचर सहित)

११ असार २०७४, आईतवार १९:५९
सदरलाइनडटकम ११ असार, नेपालगन्ज : मौन अवधी सुरु हुनु अघि बाँकेका सबै आठै स्थानीय तहमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् । प्रचार–प्रसारको अन्तिम दिन नेपालगन्जमा एमालेको शक्ति प्रदर्शन भएके छ । स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन नेकपा एमालेले आईतवार नेपालगन्जमा मार्चपास सहितको शत्ति […]