बैतडीमा युवायुवती मृत फेला

सदरलाइन संवाददाता ३ भाद्र २०७९, शुक्रबार १४:१०
 

नेपालगञ्ज : एक जोडी युवायुवती बैतडीमा मृत फेला परेका छन् । मृत फेला पर्नेमा जिल्लाको सिगास गाउँपालिका– ५ का २१ वर्षीय केशव दमाई र १८ वर्षीया रमिता विक रहेको बैतडीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।


उनीहरू दुवै जना चिउरीको रुखको एकै हाँगोमा झुण्डिएको अवस्थामा फेला परेका हुन् । मृतक दुवैजना अविवाहित रहेको र प्रेम सम्बन्धमा रहेको हुनसक्ने अनुमान गरिएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नागरिकतामा श्रीमानको नाम र दलितको थर सच्याउने बढे

३ भाद्र २०७९, शुक्रबार १४:१०
रोल्पा : रोल्पामा श्रीमानको नाम र दलितको थर सच्याएर नागरिकताको प्रतिलिपि बनाउनेहरूको संख्या बढेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पहिलो श्रीमानबाट सम्बन्धविच्छेद भएपछि दोस्रो विवाह गर्नेहरु आफ्नो नागरिकताको प्रमाणपत्रमा दोस्रो श्रीमानको नाम कायम गर्न जिल्ला प्रशासन कार्यालय आउने गरेका छन् । यसैगरी ग्राहक नआउने चिन्ताले होटल संचालकहरुले पनि आफ्नो […]