१६ किलो अफिम सहित नेपालगन्जको बसपार्क नजिकैबाट घर्ति पक्राउ

३० जेष्ठ २०७४, मंगलवार १८:२३
 

सदरलाइनडटकम  
३० जेठ, नेपालगन्ज : प्रहरीले नेपालगन्ज बसपार्क नजिकैबाट १६ किलो अफिम सहित एक जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । बिभिन्न २४ पोकामा प्याक गरेको अवस्थामा अञ्चल प्रहरी कार्यालय भेरीका प्रहरी निरिक्षक हरिहर खड्काको कमाण्डमा गएको विशेष टोलीले सो नियन्त्रणमा लिएको हो ।
अञ्चल प्रहरी कार्यालय भेरीले पत्रकार सम्मेलन आयोजना गरी रोल्पा साविक सेरम गाविस–९ घर भई हाल राप्ती गाउपालिका–१ बस्ने ५२ वर्षिय जयविर घर्तीमगरलाई सो अफिम सहित सार्वजनिक गरेको थियो ।
प्रहरी नयव उपरीक्षक राजिव बस्नेतले प्रहरीलाई सोमबार साँझ ६ बजेतिर नेपालगन्ज बसपार्कमा लागू औषधको कारोवार भएको छ भन्ने सूचनाको आधारमा सो परिमाणको अफिम सहित घर्तिमगरलाई नियन्त्रणमा लिएको जानकारी दिए ।
प्रहरीले घर्तिमगरबाट एकथान मोटरसाईकल, एक मोवाईल समेत बरामद गरेको छ । पक्राउ परेका घर्तिले सामान रोल्पाबाट लिएर आएको बताए । प्रहरीले लागु औषध ओसारपसार ऐन अनुसार कारवाही चलाइने बताईएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

महिला उम्मेदवारबीच निर्वाचन सम्बन्धी अनुभव साटासाट कार्यक्रम

३० जेष्ठ २०७४, मंगलवार १८:२३
सदरलाइनडटकम  ३० जेठ, नेपालगन्ज : स्थनीय तह निर्वाचनको अवसर पारेर विभिन्न क्षेत्रका महिलाहरु बीच अनुभव आदान प्रदान गरिएको छ । यस क्रममा बाँकेका द्वन्द्व प्रभावित, कैलालीका एचआईभी संक्रमित र नवलपरासिका ग्रामिण महिलाबीच निकट रहेको स्थानीय तहको निर्वाचनको अनुभव साटासाट कार्यक्रम नेपालगन्जमा सम्पन्न भएको हो । वैशाख ३१ गतेको पहिलो चरणको […]