नेपालगञ्जमा मोटरसाइकल चोरीका घटना बढ्दै

सदरलाइन संवाददाता ६ मंसिर २०८०, बुधबार १३:०६
 

नेपालगञ्ज : नेपालगञ्जमा दैनिकजसाो माोटरसाइकल चोरी हुने गरेको छ । घरमै ह्याण्डल लक गरेर राखेको मोटरसाइकल चोरी भइरहेका छन् ।

सीमावर्ती सहर भएकाले यहाँ चोरी गरिएका मोटरसाइकल तुरुन्तै भारतमा पुग्ने र मोडिफाई भएर भित्रिने गरेको जानकारहरू बताउँछन् ।


असोज र कात्तिकमा २० वटा मोटरसाइकल हराएकाले खोजबिनका लागि प्रहरीमा निवेदन परेको छ । त्यसमध्ये पाँचवटा प्रहरीले फेला पारेको छ ।

प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले चार जना चोरलाई समातेर मुद्दा चलाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज म्याराथनको पुरस्कारमा बृद्धि

६ मंसिर २०८०, बुधबार १३:०६
नेपालगञ्ज : मङ्सिर ९ गते हुने नवौँ धारा नेपालगञ्ज म्याराथनमा यस वर्ष नगद पुरस्कार वृद्धि गरिएको छ । म्याराथनका विजेताले दुई लाख रुपैयाँ पाउनेछन् । त्यसैगरी दोस्रो स्थान हासिल गर्नेले एक लाख, तेस्रोले ५० हजार, चौथोले २५ हजार, पाँचौंले १५ हजार, छैटौंले १० हजार, सातौं र आठौंले समान ५÷५ हजार […]