प्रचारको अन्तिम दिन एमालेको नेपालगन्जमा शक्ति प्रदर्शन (फोटो फीचर सहित)

११ असार २०७४, आईतवार २१:३३
 

सदरलाइनडटकम
११ असार, नेपालगन्ज : मौन अवधी सुरु हुनु अघि बाँकेका सबै आठै स्थानीय तहमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले आ–आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।
प्रचार–प्रसारको अन्तिम दिन नेपालगन्जमा एमालेको शक्ति प्रदर्शन भएके छ । स्थानीय तहको निर्वाचनको प्रचार–प्रसारको अन्तिम दिन नेकपा एमालेले आईतवार नेपालगन्जमा मार्चपास सहितको शत्ति प्रदर्शन गरेको छ । पार्टी कार्यायलवाट सुरु भएको र्याली वजारका विभिन्न क्षेत्रको परिक्रमा पछि पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
कोण सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेद्वार सम्शुद्दिन सिद्धिकीले नेपालगन्जका जनताले साथ दिएका कारण आफ्नो जित सुनिश्चित भैसकेको वताए । सो सभालाई सम्बोधन गर्दै एमाले बााकेका अध्यक्ष अशोक कोईरालाले अव आफ्नो मतको सुरक्षाको लागि कार्यकर्ताहरु चनाखो हुन निर्देशन दिए ।
नेपाली काँग्रेसले बिहान पुरैना पुरैनी देखि मेयर उपमेयरका उम्मेदवार सहित मोटरसाईकल र्याली निकालेको छ । माओवादी केन्द्रले विभिन्न वडामा नै मत माग्ने काम गरेको जानकारीमा आएको छ ।   


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सोमबार ईद, मुस्लिम समुदायमा खुशी र हर्षोल्लास, विहान साढे ८ बजे ईदगाहमा सामुहिक नमाज

११ असार २०७४, आईतवार २१:३३
सदरलाइनडटकम ११ असार नेपालगन्ज : ईस्लाम धर्मावलम्बीहरुको महान पर्व ‘ईद–उल–फित्र’ (ईद) भोली सोमबार परेको छ । एक महिनाको कठोर ब्रत (रोजा) पछि नेपालगन्जको ईदगाह मस्जिदमा सोमबार विहान साढे ८ बजे ‘ईद–उल–फित्र’ ईदको सामुहिक नमाज सुरु हुने छ । ईस्लामीक धार्मिक पात्रो हिजिरीका अनुसार आईतबार २९ रोजाको दिन साँझ चन्द्रमा हेरेर […]

सम्बन्धित