पर्यटकीय क्षेत्रको विकासमा सांसद खत्रीको चासो

सदरलाइन संवाददाता १२ माघ २०७९, बिहीबार १४:१४
 

नेपालगञ्ज : लुम्विनी प्रदेशका सांसद रत्न खत्रीले बाँकेको बैजनाथ गाउँपालिकामा रहेको गाभर भ्यालीलाई पर्यटकीय गन्तव्यका रुपमा अघि बढाउनका लागि प्रदेश सरकार मातहतका निकायको ध्यानाकर्षण गराएका छन् ।

बाँके ३(१)बाट निर्वाचित सांसद खत्री बिहीवार प्रदेश सरकार मातहतको भवन डिभिजन कार्यालयका निमित्त प्रमुख रामआश्रय शाह सहित गाभर भ्याली पुगेर आगामी दिनमा गर्न सकिने योजनाका विषयमा स्थानीय बासिन्दासँग छलफल गरेका हुन् ।


भवन डिभिजन कार्यालयले गाभरमा सडक निर्माण गर्दैछ । सांसद खत्रीले सडक निर्माणका लागि बाँके राष्ट्रिय निकुञ्जसँग आफुले आवश्यक समन्वय गरि काम अघि बढाउन सहयोग गर्ने बताए । उनले पर्यटकीय विकासका लागि पर्यटन कार्यालयसँग आवश्यक सहकार्य गरि अघि बढ्ने बताए ।

वडा अध्यक्ष रुपबहादुर मल्ल सहितका स्थानीय बासिन्दासँग अन्तरक्रिया गर्दै सांसद खत्रीले गाभरको पर्यटकीय विकासका लागि आफुले सक्दो पहल गर्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज–गुलरिया चार लेनको सडक निर्माण सुरु

१२ माघ २०७९, बिहीबार १४:१४
नेपालगञ्ज : नेपालगञ्ज गुलरिया चार लेनको सडक निर्माण सुरु भएको छ । हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका इन्जिनियर कृष्ण पाण्डेले नेपालगञ्ज–गुलरिया सडकखण्ड विस्तार अन्तर्गत हाल माटो पटानको कार्य भइरहेको जानकारी दिए । सडक निर्माणका लागि शर्मा एण्ड कम्पनीले जिम्मा पाएको छ । इन्जिनियर पाण्डेले भने, हाल प्रारम्भिक चरणको काम […]