सुर्खेत : मध्यपश्चिम विद्यालयका उजूरी अख्तियारमा परेपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत कार्यालयले कागजात नियन्त्रणमा लिएका छ । विभिन्न विषयसँग सम्बन्धित उजूरीहरु कार्यालयमा परेपछि अनुसन्धानका लागि विश्वविद्यालयका कागजात नियन्त्रणमा लिइएको हो ।
‘नियुक्ती प्रक्रिया, छात्रवृत्ति लगायतका विषयमा उजूरी परेको थियो’ कार्यालयका प्रमुख भोला दाहालले भने, ‘अनुसन्धान अधिकृत तोकेर अनुसन्धान प्रक्रिया शुरु भइसकेको अवस्थामा आवश्यक कागजात विश्वविद्यालयको केन्द्रीय कार्यालय लगायतका कार्यालयहरुमा पुगेर आज नियन्त्रणमा लिएको हो ।’
अनुसन्धानसँग सम्बन्धित कागजात नियन्त्रणमा लिएको तर अख्तियारले छापा नहानेको सूचना अधिकारी भेषराज रिजालले भने, ‘अख्तियारको नियमित प्रक्रियाअनुसार नै अनुसन्धानसँग जोडिएका कागजात टोलीले नियन्त्रणमा लिएको हो । यसबारे थप विषय अनुसन्धानका क्रममा खुल्नेछ ।