कोहलपुरको विकास आफ्नो प्रमुख लक्ष : काँग्रेस प्रत्यासी भट्टराई

६ असार २०७४, मंगलवार २०:५०
 

सदरलाइनडटकम
६ असार कोहलपुर : कोहलपुर नगरपालिकाको नेपाली काँग्रेसबाट मेयर पदका उम्मेद्वार भानुभक्त भट्टराईले कोहलपुरको विकासको लागि कुनै कसर नराखिने बताएका छन् ।
उनले मंगलबार कोहलपुरको वडा नम्बर १३ सिमीरी गाँउको विकास र यस क्षेत्रमा डुडुवा नदिले बर्षाको समयमा धेरै नदि कटान तथा डुवानको समस्या हलगर्न तटबन्द गर्ने प्रमुख एजेन्डा बनाएको बताए । घरदैलो अभियान अन्तर्गत कोहलपुर वडा नम्बर १३ कै भरैया तथा खड्वार पुगेका उनले बाँके राष्ट्रिय निकुञ्जको बफर जोनमा बन्यजन्तुबाट हुने हानी नोक्सानी तथा क्षेतीपूर्तीको व्यवस्था संगै यस क्षेत्रलाइ बाँके जिल्लाकै पर्यटकिय क्षेत्रका रुपमा विकास गर्न आफ्नो योजना रहेको सुनाए ।
त्यस्तै उपमेयर पदकी उम्मेद्वार सन्जु कुमारी थारुले महिला तथा युवाका क्षेत्रमा आफुले विशेष किसीमको योजना रहेको बताईन । घरदैलो कार्यक्रममा नेपाली काँग्रेस कोहलपुर नगरसभापति बलराम शर्मा, नारायण सिग्देल, राजेन्द्र श्रेष्ठ लगायत नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कमला हमालकोे सहयोगमा    


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कमरुद्दिन र यादव नै संघीय समाजबादीका अधिकारिक उम्मेदवार

६ असार २०७४, मंगलवार २०:५०
सदरलाइनडटकम ७ असार नेपालगन्ज : संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बाँकेमा रहेको उम्मेदवार आधिकारिकताको विबाद टुंगिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपालगन्जको मेयरको लागि कमरुदिन राई नै आधिकारिक भएको र उप–मेयरमा राई कै प्यानलबाट उम्मेदवारी दर्ता गराएकी शोभादेवि लखेरको पक्षमा निर्णय गरेको छ । लखेर संघीय […]

सम्बन्धित