मेडिकल कलेजको छात्रबासमा बैश्य झुण्डिएको भेटिए

सदरलाइन संवाददाता २ भाद्र २०७९, बिहीबार ११:५९
 

 

कोहलपुर (बाँके) : नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा अध्यनरत एक छात्र बिहीबार बिहान छात्रबासमा झुण्डिएको अवस्थामा फेला परेका छन् ।

मेडिकल कलेजमा एमबीबीएस दोस्रो वर्षमा अध्यनरत रहेका सिद्धार्थ बैश्य झुण्डिएको अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।


नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा नै रहेको छात्रबासमा बैश्य झुण्डिएको अवस्थामा बिहीबार बिहान ८ बजे फेला परेको र यसबारे थप अनुसन्धान अगाडि बढाइएको कोहलपुरका डीएसपी ऐनबहादुर मल्लले जानकारी दिए ।

नेपालगञ्ज रानितलाउ स्थायी बासिन्दा रहेका मृतक बैश्यले कोठाबाट प्रहरीले सुसाईड नोट समेत भेटेको जनाएको छ । मृतकको शव पोष्टमार्टमको लागि भेरी अस्पताल पठाईएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा बिहीवार ८ संक्रमित थपिए

२ भाद्र २०७९, बिहीबार ११:५९
नेपालगञ्ज : बाँकेमा बिहीवार थप ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा ७ र राप्तीसोनारी गाउँपालिकामा १ गरी ८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जिल्ला कोभिड–१९ व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीले जानकारी दिए । संक्रमण पुष्टि भएकामध्ये २ जना भने जिल्ला बाहिरका हुन् । […]

सम्बन्धित