सदरलाइनडटकम,
काठमाण्डौ : विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमण फैलिनसक्ने भन्दै दुईसाताका लागि देशभरका सबै अदालत बन्द गरिने भएको छ । शुक्रवार सर्वाेच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको अध्यक्षतामा बसेको पूर्ण इजलासको बैठकले आइतवारदेखि लागू हुनेगरी दुई सातासम्म देशभरका अदालतहरू बन्द गर्ने निर्णय गरेको हो ।
नेपाल बार एशोसिएशनले यसअघि नै सर्वाेच्च अदालतलाई पत्र लेखेर सम्पूर्ण सुनुवाइ स्थगित गर्न अनुरोध गरेको थियो । अदालतहरू बन्द भएपनि बन्दी प्रत्यक्षिकरणका रिटहरुमाथिको सुनुवाइका कामकारबाही भने नरोकिने सर्वाेच्चले जनाएको छ ।
