कमरुद्दिन र यादव नै संघीय समाजबादीका अधिकारिक उम्मेदवार

७ असार २०७४, बुधबार ११:४२
 

सदरलाइनडटकम
७ असार नेपालगन्ज : संघीय समाजबादी फोरम नेपाल र नयाँ शक्ति पार्टी बाँकेमा रहेको उम्मेदवार आधिकारिकताको विबाद टुंगिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले नेपालगन्जको मेयरको लागि कमरुदिन राई नै आधिकारिक भएको र उप–मेयरमा राई कै प्यानलबाट उम्मेदवारी दर्ता गराएकी शोभादेवि लखेरको पक्षमा निर्णय गरेको छ । लखेर संघीय समाजबादी फोरमको नेता भए पनि उनी नयाँशक्ति पार्टीबाट उपमेयर लड्दै छिन ।
यसअघि नयाँ शक्तिको तर्फबाट जयकुमारी खड्काले मेयर र संघीय समाजबादी फोरम नेपालको तर्फबाट ममता बानियाले आफुहरु आधिकारिक भएको भन्दै आईतबार बिहानै उम्मेदवारी दर्ता गराएका थिए ।
यसैगरी नेपालगन्ज उप–महानगरका वडा नं. ४ बाट संघीय समाजबादी फोरमका अकबर अलि खाँ, वडा नं. ८ र २२ बाट नयाँ शक्तिका क्रमशः रानी राई र जमिल खाँ को उम्मेदवार िसदर भएको छ । वडा नं. ४ मा नयाँ शक्तिका त्रिलोक पाण्डे, वडा नं. ८ बाट संघीय समाजबादीका मो हमीद शेष र २२ बाट शब्बिर कंगरियाले अध्यक्षमा उम्मेदवारी दिएका थिए ।
यसैगरी वडा नं. ८ को महिला सदस्यमा नयाँ शक्तिकी विजय रानी सिंह सोनी र २२ नं.को वडा सदस्यमा नया शक्तिकै शिव तिवारीको उम्मेदवारी सदर भएको छ ।
डुडुवा गाउपालिकामा संघीय समाजबादीको आधिकारीक उम्मेदवार विजय बहादुर यादव बनेका छन् । पार्टीका केन्द्रीय सदस्य जगदीश बहादुर सिंहको उम्मेदवारी पार्टीको आधिकारिक नभएको ठहर भएपछि यादव नै उम्मेदवार भएको निर्वाचन कार्यालयले जनाएको छ ।
यसैबीच संघीय समाजबादी फोरम नेपालबाट नेपालगन्ज उप–महानगर वडा नं. २२ मा वडा अध्यक्षको उम्मेदवार बनेका जमिल खाँ भारतीय नागरिक भएको आरोप लागेको छ । संघीय समाजबादी फोरम नेपालगन्ज –२२ का फोरम कार्यकर्ताहरुले जमील भारतीय भएको प्रमाण सहित दावी बिरोध गरेको जनाएका छन् । भारतमा जमिलको मतदाता नामावली, पारिवारिक लागत र अन्य कागजपत्र समेत जम्मा गरेर निर्वाचन कार्यालयमा बुझाएको शब्बीर कंंगरियाले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘समृद्ध नेपालगन्ज’को नारा अघिसार्दै काँगे्रसले नेपालगन्जको प्रतिबद्धता पत्र सार्वजनिक गर्यो

७ असार २०७४, बुधबार ११:४२
सदरलाइनडटकम ७ असार, नेपालगन्ज : पाँच वर्षमा पाँच प्रतिबद्धता सहित नेपाली कांग्रेस निर्वाचन प्रचार प्रसार समिति नेपालगन्जले ‘समृद्ध नेपालगन्ज’को अठोटसहितको प्रतिबद्धता पत्र बुधबार सार्वजनिक गरेको छ । नेपाली कांग्रेसका मेयर उम्मेदवार डा. सुरेशकुमार कनौडिया र उपमेयरका उम्मेदवार उमा थापा मगरको अठोटका रुपमा सार्वजनिक गरिएको प्रतिबद्धता पत्रमा ‘५ बर्षमा ५ प्रतिबद्धता’ […]