कक्षाकोठामै छात्रा बर्बराउन थालेपछि पठनपाठन प्रभावित

सदरलाइन संवाददाता ६ फाल्गुन २०८०, आईतवार १३:५९
 

नेपालगञ्ज : बाँकेको राप्ती सोनारी गाउँपालिका –१ बर्दापुरमा रहेको सिद्धेश्वर महादेव माध्यामिक विद्यालयका छात्राहरु कक्षा कोठामा नै चिच्याउने, बर्बराउने, अर्ध चेत र अचेत हुनेलगायतका लक्षणहरु देखिएपछि पठन पाठन प्रभावित भएको छ ।

बिद्यालयको कक्षा ७ मा पढ्ने ४ जना र कक्षा १० मा पढ्ने एक जना छात्रामा चिच्याउने, बर्बराउने, अर्ध चेत तथा अचेत हुने, लगायतका लक्षणहरु देखिएको विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहेका रुद्रबहादुर ओलीले जानकारी दिए ।

विद्यालयमा अध्ययन गर्न आएका छात्राहरुमा यस्तो लक्षण देखिएपछि आइतबार बिद्यालयको पठन–पाठन नै प्रभावित भएको छ । बिद्यालयका छात्राहरुमा देखिएको लक्षण र उपचारका विषयमा राप्ती सोनारी गाउँपालिका कार्यालयलाई समेत जानकारी गराइएको उनले बताए ।


‘बिद्यालयका एक जना छात्रामा गत शुक्रबार पनि यस्तै लक्षण देखिएको थियो । तर, यसलाई बिद्यालयले सामान्य रूपमा लिएको थियो । आइतबार एकै पटक पाँच जना छात्रामा देखियो’– उनले फोनमा भने ।

बिद्यालय बाँके र दाङको सिमा क्षेत्र शिवखोला नजिक पर्दछ । स्थानीय समाजसेवी समेत रहेका ओलीले छात्रामा देखा परेको अनौठो लक्षणले बिद्यार्थी, अभिभावक तथा शिक्षकमा त्रासको वातावरण सिर्जना गरेको बताउँदै यस्ता घटना आगामी दिनमा घट्न नदिन समयमै संबन्धित निकायले ध्यान दिन आवश्यक रहेको औल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य संस्थाको अनुगमन गर्न नेपालगञ्ज उदासीन

६ फाल्गुन २०८०, आईतवार १३:५९
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले स्वास्थ्य संस्थाको अनुगमन गर्न तदारुकता देखाएको छैन । उपमहानगरपालिकाले अनुगमन नगर्दा कतिपय चलेका स्वास्थ्य क्लिनिक बिना दर्ता नै चलेका छन् भने धेरैको नवीकरण भएको छैन । नेपालगञ्ज उपहानगरपालिकाले स्वास्थ्य ऐन र कार्यविधि बनाएको छ। त्यसमा १५ बेडसम्मको अस्पताल, पोलिक्लिनिक, स्वास्थ्य क्लिनिक, डी र सी ग्रेडका प्रयोगशालाको […]