एमालेमा प्रवेशको लहर, माओवादी पूर्व केन्द्रीय सदस्य एमाले प्रवेश

५ असार २०७४, सोमबार १९:१२
 

सदरलाइनडटकम 
५ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी, उपमेयर पदकी उम्मेदवार शान्ति ढकाल लगायतका सम्पुर्ण उम्मेदवारहरुलाई जिताउनका लागि बिभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेको लहर लागेको छ ।
सोमबार नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य शालिकराम पाठक, नेपाली जनता दलका जिल्ला सचिव छोटेलाल सोनखर, संघीय समाजबादी फोरमका जिल्ला सदस्य राजु भनिने जयराम गडरिया, सन्जय पाठक, हरि क्षेत्री, सर्वेश ठाकुर, राजेश शर्मा, कने बढै, उधौ धोवी,ढोडे बढै, सलिम अन्सारी, शिवकुमार यादव लगायतका तीन सयको संख्यामा एमालेमा प्रवेश गरेका छन् ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री बामदेव गौतमको प्रमुख आतिथ्यतामा नेपालगन्ज उपमहानगरपालिका—१७ नम्बर वडा परसपुरमा आयोजित सभामा माओवादी, जनता दल, संघीय समाजबादी फोरम, नेपाली कांग्रेसका स्थानीय अगुवा नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन् ।
उनीहरुलाई टिका लगाएर स्वागत गर्दै एमाले उपाध्यक्ष बामदेव गौतमले मधेसमा एमाले छैन भन्दै सिठ्ठी बजाउनेहरुलाई पार्टी प्रवेशको लहरले झापड हानेको बताए । उनले मधेसी जनतालाई एमालेसंग नजिक हुन रोक्न खोज्ने तागत परास्त भइरहेको पनि बताए ।
उपाध्यक्ष गौतमले भने— निर्वाचन परिणाम आईसकेपछि पुरै परास्त भएको देशले देख्ने छ ।’ एमालेलाई कमजोर पार्न अन्य पक्ष हात धोएर लागेको भएपनि केही सीप नचल्ने उपाध्यक्ष गौतमले सो अवसरमा बताए । उक्त वडामा राम्रो जनाधार भएका नेताहरु एमालेमा प्रवेश भएपछि आगामी निर्वाचनमा जित निश्चित भएको उक्त वडाका अध्यक्ष उम्मेदवार निजामुद्धिन ईद्रिसी (दर्जी)ले बताए । उनले भने,‘उत्साहपूर्वक तरिकाले उहांहरु हाम्रो पार्टीमा आउनु भयो ।’ पार्टी प्रवेश पछि उत्साहित देखिएका माओवादी पूर्व केन्द्रीय सदस्य पाठकले अन्य पार्टीले भ्रम छरेर जनतालाई झुक्याएको अनुभूति भएपछि आफु एमालेमा प्रवेश गरेको बताए ।
सभामा एमालेका बैकल्पिक केन्द्रीय सदस्य मोहम्मद हारुन, सल्लाहकार समितिका सदस्य समिमिया अन्सारी, पार्टी अध्यक्ष अशोक कोइराला, मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी, उपमेयर उम्मेदवार शान्ती ढकाल लगायतले आफ्नो पार्टीको जित सुनिश्चित भएको बताए । उनीहरुले भने,— पार्टी प्रवेशको यो सुरुवात मात्रै हो । संयौ जनता हामीसंग जोडिनु भएको छ । अझै संयौ जनता जोडिदै हुनुहुन्छ ।’ उक्त कार्यक्रमको अध्यक्षतामा वडा कमिटिका अध्यक्ष राजुलाल तेलीको अध्यक्षतामा भएको थियो भने कार्यक्रम सन्चालन नगरकमिटि सचिव दत्तप्रसाद आचार्यले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

निर्वाचनको विरोध गर्ने सबै सहभागी भएको गृहमन्त्री शर्माको दाबी

५ असार २०७४, सोमबार १९:१२
सदरलाइनडटकम ५ असार, नेपालगन्ज : गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले निर्वाचनको विरोध गर्ने सबै दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा सहभागि भएको दाबी गरेका छन् । सोमबार अपरान्ह नेपालगन्जमा प्रदेस नं. ५ का केही जिल्लाका सुरक्षा अधिकारी सम्मिलित सुरक्षा गोष्ठीको उद्दघाटन गर्दै सो दावी गरेका हुन । उनले संविधान र स्थानीय तह […]

सम्बन्धित