गौ वंश तस्करी रोक्न माग गर्दै राँझामा चक्का जाम

२१ पुष २०७६, सोमबार १८:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज–कोहलपुर सडकखण्डमा राप्रपा निकट युवक संगठनले सोमवार दिँउसो एक घण्टा चक्काजाम गरेका छन् । उनीहरुले गाईगोरु तस्करी रोक्न माग गर्दै राँझा चोक अगाडि टायर बालेर चक्काजाम गरेका हुन् ।
बाँकेबाट गाइगोरु तस्करी भइरहेको दावी गर्दै युवक संगठनका केही पदाधिकारी गएराति बुढिया गाउँमा पुग्दा विवाद भएको थियो । त्यसक्रममा युवक संगठनका बाँके अध्यक्ष हुकुम केसीमाथि आक्रमण भएको उनीहरुको भनाई छ । त्यही आक्रमणको विरोधमा सोमवार सवा एक बजेदेखि पौने तीन बजेसम्म सडक जाम गरिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखले आक्रमणकारीलाई कारबाही गर्ने आश्वासन दिएपछि चक्काजाम फिर्ता गरेको युवक संगठनले जनाएको छ । एसपी वीरबहादुर वलीले गएराती गाउँमा दुई वटा ट्रक आएपनि त्यो खाली रहेको जानकारी दिए ।
‘गाइगोरु तस्करी भएको छैन । उनीहरु आशंका गरेर गाउँ भित्र जान खोजेका थिए । हामीले रोक्यौ, एसपी वलीले भने । नेपालगञ्ज कोहलपुर खण्डको अवरोध हटेपछि यात्रा सहज भएको छ ।

Next Post

घुससहित बर्दियाका सहायक बन अधिकृत पक्राउ

२१ पुष २०७६, सोमबार १८:१७
सदरलाइनडटकम, नेपालगञ्ज : घुस रकमसहित बर्दियाका सहायक बन अधिकृत पक्राउ परेका छन् । बबई सब डिभिजन कार्यालय बर्दियामा कार्यरत सहायक बन अधिकृत आनन्दप्रसाद साह १० हजार घुस रकमसहित पक्राउ परेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवल सम्पर्क कार्यालय नेपालगञ्जबाट गएको टोलीले उनलाई घुससहित सोमवार पक्राउ गरेको हो । […]