शान्ति सुरक्षामा सहजताका लागि कोहलपुरमा सिसिटिभी

सदरलाइन संवाददाता १८ बैशाख २०८०, सोमबार १५:३३
 

कोहलपुर (बाँके) : ईलाका प्रहरी कार्यालय कोहलपुरले नागरिकहरुको साझेदारीमा सिसिटिभि जडान कार्यलाई तिव्रता दिएको छ ।

सिसिटिभि जडानबाट कोहलपुर क्षेत्रमा अपराध अनुसन्धानमा सहज हुने कोहलपुर प्रहरी प्रमुख सुन्दर तिवारीको दावी रहेको छ ।

ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख तिवारी यतिबेला नागरिकहरूसँगको साझेदारीमा कोहलपुरमा हुने सबैखाले अपराध नियन्त्रण गर्न अग्रसर देखिएका छन् ।

उनले निजी क्षेत्र, नागरिक र प्रहरी मिलेर काम गरेमा अपराध नियन्त्रण हुने विश्वासका साथ आफनो कामको अभियानलाई द्रुत वनाएको जनाएका छन् ।

तिवारी इलाका प्रहरी कार्यालय कोहलपुरको आफु प्रमुख भएर आएको २ महिनाको अवधिमा यौन व्यवसाय, लागूऔषध नियन्त्रण, सडक दुर्घटना नियन्त्रणमा उल्लेख्य सफलता हात पारेको दावी गर्छन् ।


प्रमुख तिवारीले प्रविधिको प्रयोगले अपराध नियन्त्रणमा सहयोगी हुने भन्दै निजी क्षेत्रसँगको सहकार्यमा कोहलपुर क्षेत्रका मुख्य सडकहरुमा सिसिटिभी जडानको कामलाई तिब्रता दिएको बताए ।

निजी, समुदाय र स्थानीय सरकारसँग मिलेर नेपालगञ्ज कोहलपुर सडक खण्डको राझा, पार्वतीपुर, कोहलपुर हाई स्कुल, महेन्द्र राजमार्गअन्तर्गत कोहलपुर ४ को किरण नाला, सम्झना बजार, चपरगौढी लगायतका क्यामरा जडान गरिएको जानकारी प्रमुख तिवारीले दिए ।

पिप्रहवा हुलास खाद्य उद्योग, हाई स्कुलमा समुदायस्तरबाट, किरण नालमा होटल सेन्ट्रल प्लाजासँगको सहकार्यमा उपयुक्त क्यामरा जडान गरिएको हो ।

ठूला होटल, सुनचाँदी पसल , बैक लगायतका संस्थाहरूलाई एउटा क्यामरा मुख्य बजार र सडक क्षेत्रतिर फर्काएर राख्न आग्रह गरिएको र यसो गर्दा रातको समयमा हुने घटना नियन्त्रणमा सहज हुने प्रमुख तिवारीको दावी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

युएईलाई पराजित गर्दै नेपाल एसिया कपका लागि छनोट

१८ बैशाख २०८०, सोमबार १५:३३
नेपालगञ्ज : नेपाल एसिया कपका लागि छनोट भएको छ । मंगलबार एसीसी प्रिमियर कपमा यूएईसँग भएको फाइनल खेल जित हासिल गर्दै नेपाल एसिया कपमा छनोट भएको हो । नेपालको जीतका लागि गुल्सन झाले ६७ रनको नटआउट पारी खेले । भीम सार्कीले ३६ रनको नटआउट पारी खेले । वर्षाका कारण सोमबार […]