यस्ता छन नेकपा एमाले वडा नं. १२ का प्रतिबद्धता

५ असार २०७४, सोमबार १८:३०
 

Advotorial   : दोस्रो चरणको स्थानीय तह निर्वाचनमा एमाले वडा नं. १२ मा देवदत्त ढकाललाई वडा अध्यक्षको उम्मेदवार बनाएको छ । सदस्यहरुमा ईता अर्याल, ईश्वरी परियार हौसिलाल चिडिमार र खलिल खाँलाई उम्मेदवार बनाएको छ । आफ्नो प्यानलले जितेमा देहाय बमोजिमका प्रतिबद्धता पुरा गर्ने छौ ।   

हाम्रा प्रतिबद्धताहरु

१. प्रत्येक टोल–टोलमा रहेको सडकहरुलाई कालोपत्रे गरिनेछ ।
२. डुवान हुने क्षेत्रलाई विशेष प्राथमिकता दिदै प्रत्येक टोलमा नाला निर्माणको व्यवस्थापन गरिने छ ।
३. शुद्ध पिउने पानी नपुगेका टोलमा शुद्ध पिउने पानीको व्यवस्था गरिने छ ।
४. विद्युत विस्तार हुन बाँकी रहेका टोलमा विद्युत लाईनको व्यवस्था गरिने छ ।
५. यस वडा नं. १२ मा रहेको स्वास्थ्य चौकीलाई स्तरउन्नती गरि बर्थिंङ्ग सेवा, खोप सेवा लगायतका स्वास्थ्य सम्बन्धी सेवा उपलब्ध गराउँदै जनचेतना मूलक कार्यक्रम समेत गरिने छ ।
६. गरिव तथा विपन्न कृषकलाई कृषि तथा पशुजन्य तालिम दिई शुलभ ऋणको व्यवस्था गरि आयाआर्जनमा सहयोग गरिनेछ ।
७. फोहोर मैला व्यवस्थापनको लागि टोल टोलमा कन्टेनरहरु राखी जम्मा भएको फोहोरलाई प्रत्येक दिन सम्बन्धित ठाउँमा  व्यवस्थापन गर्ने व्यवस्था मिलाईने छ ।

८. वृद्धवृद्धालाई मनोरञ्जनस्थलको व्यवस्थापन गर्न आवश्यक  जग्गाको खोजी गरी कार्य अगाडि बढाईने छ ।
९ स्थानीय तथा वाह्या आगन्तुक पाहुनाको मनोरञ्जन तथा  अवलोकनका लागि टोल टोलमा रहेका मठ, मन्दिर, गुम्वा,  मस्जिद, गुरुद्वारा, चर्च, ध्यान केन्द्र लगायतका धार्मिक तथा आध्यात्मिक संस्थाको सम्भार तथा संरक्षण गरी पर्यटनको विकास गरिने छ ।
१०. यस वडामा रहेका सामुदायिक विद्यालयहरुको क्रमशः स्तरोन्नती गरी माध्यमिक तहको पढाई सञ्चालन गरिने छ ।
११. लामो समयदेखि सरकारी प्रति जग्गा लगायतका स्थानमा घर  बनाई बसोवास गरेका तर, अधिकारपत्र नभएका सुकुम्वासीलाई
कानूनसम्मत तरिकाले वसोवास व्यवस्थापनको पहल गरिने छ ।
१२. गरिव तथा विपन्न वर्गका बालबालिकाको शिक्षाको लागि  छात्रवृत्तिको व्यवस्थापन गरिने छ ।
१३. बागेश्वरी प्रावि बेलापुरदेखि दक्षिण मुक्तिपुरको सडकमा प्रचलनमा रहेका बाटोलाई पक्कीनाली र सडकको रुपमा विकास गरिने छ ।
१४. गृहणी महिलाको स्वरोज्गारको लागि होजियारी, सिलाई कटाई, व्यूटि पार्लर लगायतका सिपमूलक तालिमको व्यवस्था गरिने छ ।
१५. लामो समयदेखि स्वास्थ्य सेवामा सेवा पुर्याउँदै आएका महिला स्वास्थ्य स्वयम् सेविकाहरुलाई प्रोत्साहनमूलक कार्यक्रमको व्यवस्था
गरिने छ ।
१६. सुरक्षाको दृष्टिकोणले अति आवश्यक स्थानमा सुरक्षा निकायसँगको सहकार्यमा सीसीटिभीको व्यवस्थापन गरिने छ ।Advotorial


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमालेमा प्रवेशको लहर, माओवादी पूर्व केन्द्रीय सदस्य एमाले प्रवेश

५ असार २०७४, सोमबार १८:३०
सदरलाइनडटकम  ५ असार, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकामा नेकपा एमालेका मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी, उपमेयर पदकी उम्मेदवार शान्ति ढकाल लगायतका सम्पुर्ण उम्मेदवारहरुलाई जिताउनका लागि बिभिन्न पार्टी छाडेर एमाले प्रवेश गर्नेको लहर लागेको छ । सोमबार नेकपा माओवादी केन्द्रका पूर्व केन्द्रीय सदस्य शालिकराम पाठक, नेपाली जनता दलका जिल्ला सचिव छोटेलाल सोनखर, […]