नेपालगन्ज उप–महानगरको सरकारी तथा ऐलानी जग्गा खोजी गरी संरक्षण गरिने

५ माघ २०७४, शुक्रबार १९:३५
 

सदरलाइनडटकम  
५ माघ, नेपालगन्ज  : नेपालगन्ज उप–महानगर क्षेत्र भित्र रहेका सार्वजनिक तथा एैलानी जमिनको खोजी गरी संरक्षण गरिने भएको छ ।
नेपालगन्ज उप–महानगरको अगुवाईमा शुक्रबार बसेको सर्वदलीय÷सर्वपक्षिय वैठकले नेपालगन्जका विभिन्न स्थानमा रहेको अतिक्रमित ऐलानी जग्गाको पहिचान गर्ने, खाली गर्ने र तारवारसहित संरक्षण गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
उप–महानगरका प्रमुख डा धवल शमशेर राणाको अध्यक्षतामा प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य, प्रमुख राजनीतिक दलका प्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सरोकारवाला निकायका प्रमुख एवं प्रतिनिधिसहितको वैठकले ऐलानी जग्गा अतिक्रमण गरेर बसेकालाई हटाइ जग्गा खाली गराउने, घर नभएका एैलानी जग्गालाई तारवारले सुरक्षित राख्ने लगायतका निर्णय गरेको हो ।
नेपालगन्ज–२० मनिकापुरस्थित आदर्श उच्च माविको जग्गामा बस्दै आएकाहरुको तथ्यसहितको वास्तविकता पत्ता लगाउने तयारी गरिएको छ । साविकको नक्साअनुसार कति जमीन थियो ? हाल सो नक्सामा कति जग्गा रहेको छ ? सो को एकिन गरि जग्गामा बसेका व्यक्तिको संख्या के कती हो ? आगामी वैठकमा पेश गर्ने निर्णय गरिएको छ ।
यस्तै वडा न २३ हिरमिनीया स्थित ऐलानी, प्रति सरकारी जग्गामा अतिक्रमण गरि बसेका सबैलाई हटाउने निर्णय गरिएको छ । साथै नगरका अन्य क्षेत्रमा रहेका घर नभएका ऐलानी जग्गालाई नेपालगन्ज उप–महानगरपालिकाले तारवार गरि सुरक्षित राख्ने पनि निर्णय गरेको छ ।
सुर्खेतरोडमा रहेका डिभाइडरको विवरण तयार गरि साविकको ठाउँबाट अन्यत्र सुरक्षित राख्ने पनि निर्णय गरिएको छ । यात्रु आवागमन र सुरक्षाका लागि राखीएका डिभाइडर क्षेत्रभित्र कन्सट्रक्सनका सामान, ठेला राख्ने, पार्किङ गरेर आवागमनमा थप समस्या निम्तयाउन थाएिपछि डिभाईडर उठाउनै पर्ने बाध्यात्मक स्थिती सिर्जना भएको उपमहानगरपालिका उपप्रमुख उमा थापा मगरले जानकारी दिईन ।
यस्तै उप–महानगरपालिकाको रिङरोड नहरभित्रै रहेकाले नहर निर्माण नहँुदासम्म रिङरोड कार्य सञ्चालन गर्न नसकिने भएकाले सोही क्षेत्रको परसपुरदेखि गणेशमान चौकसम्मको सडक निर्माणमा सो वजेट सदुपयोग गर्ने निर्णय गरिएको छ । रिङरोडको दायाँ वायाँ ल्यान्ड पुलिङ गरि व्यवस्थित शहरी विकास कार्य अघि बढाउनका लागि शहरी विकास तथा भवन निर्माण विभागसँग अनुरोध गर्ने निर्णय भएको वैठकमा सहभागी उप–महानगरका इन्जिनियर सुरज शर्माले जानकारी दिए ।
ऐलानी जग्गाको संरक्षण, ट्राफिकीङ व्यवस्थापन र सडक निर्माणमा गरिएका महत्वपूर्ण निर्णयलाई तदारुकताका साथ कार्यान्वयन गर्न सवै पक्षको सहयोग लिइने उप–महानगरपालिकाका प्रमुख राणाले बताए । बाँके क्षेत्र न २ का प्रतिनिधि सभा सदस्य मो इस्तियाक राई, प्रदेश सभा सदस्य सुरेन्द्र हमाल, विजय गुप्ता, आईपी खरेल, प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी लगायतले आवश्यक सुझावसहित सहयोगको प्रतिवद्धता व्यक्त गरेका थिए ।
वैठकमा उप–महानगरपालिका उपप्रमुख उमा थापामगर, काँगे्रसका कपील शर्मा, एमालेका निरक गुरुङ, राजपाका लक्ष्मीनारायण वर्मा, संघीय समाजवादी फारेमका वदरुद्धिन खाँ, सडक डिभीजन कार्यालयका प्रमुख अर्जुन वम, जिल्ला प्रहरी कार्यालयका राजेन्द्र अर्याललगायतको सहभागिता रहेको उप–महानगरपालिकाका सूचना अधिकारी शरद कुमार पौडेलले जानकारी दिए ।

Next Post

मिलापत्र मै टुंगिन्छन् घरेलु हिंसाका उजुरी

५ माघ २०७४, शुक्रबार १९:३५
सदरलाइन / रुद्र सुवेदी  ६ माघ, नेपालगन्ज :  बाँकेमा घरेलु हिंसाका उजुरी आउने भए पनि अघिकांश मिलापत्रमा नै टुंगिने गरेको पाईएको छ । पीडितले उजुरी गरेपनि घरपरिवार र समाजिक दवाबको कारण घरेलु हिंसाका घटनाहरु मिलापत्रमै टुंगिने गरेका हुन । जिल्ला प्रहरी कार्यालय बाँकेको महिला तथा बालबालिका सेलमा गत तीन वर्ष […]