नेपालगन्ज मेडिकल कलेजको गेटमा काँग्रेसको व्यानर टाँसियो, निर्वाचन पर्यवेक्षण समिति बेखबर

१ असार २०७४, बिहीबार १४:२१
 

सदरलाइनडटकम   
१ असार, नेपालगन्ज : दोस्रो चरणको स्थानीय तह निर्वाचनको लागि निर्वाचन आचारसंहिता विरुद्धका गतिविधिहरु प्रस्तावित उम्मेदवारको तर्फबाट देखिन सुरु भएको छ ।
प्रचार प्रसारमा बालबालिकाको प्रयोग गर्नेदेखि लिएर सार्वजनिक स्थलमा प्रचार सामाग्री टाँसिनु, विभिन्न संघ संस्थाको तर्फबाट पार्टीले उम्मेदवार बनाउने निर्णय मै शुभकामना दिने जस्ता कार्य निर्वाचन आचार संहिता विपरित हुने भएपनि विभिन्न उम्मेदवारले त्यसको ठाडो उल्लंघन गरेका छन् ।
नेपाली काँग्रेसका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको मेयर पदका प्रत्यासी रहेका डा. सुरेश कुमार कनोडियाको प्रचार व्यानर नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज नर्सिङ्ग होमको मुख्य गेटमा टाँगिएको छ । डा.कनोडिया सो कलेजका प्रबन्ध निर्देशक समेत भए पनि कलेज र अस्पताल सार्वजनिक स्थल हो ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको मुख्य गेट र इमरजेन्सी पस्ने गेटका नेपाली काँग्रेसको प्रचार सामाग्री व्यानर राखिएको
छ । कलेज परिसरमै रहेको क्वाटरमा पार्टीको झण्डा राखिएको छ ।
बाँकेका प्रमुख जिल्ला अधिकारी तथा निर्वाचन व्यवस्थापन समतिका संयोजक रबिलाल पन्थले सार्वजनिक स्थलमा प्रचार सामाग्री राख्न र टाँस्न नपाईने निर्वाचन आचारसंहितामा रहेको बताए । उनले नेपालगन्ज मेडिकल कलेज सार्वजनिक स्थल भएकोले आफुहरुको ध्यानकर्षण भएको बताए ।
स्वच्छ निर्बाचनका लागि नागरिक अभियान लगायतका निर्वाचन पर्यवेक्षण समिति, नियोक, जियोक, एनजिओ फेडेरेशन लगायतका संस्थाहरु क्रियाशिल भए पनि कुनै प्रतिक्रिया आएको छैन । केही संग प्रतिक्रिया लिन खोज्दा आफुलाई जानकारी छैन भनेर पन्छिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जानकी गाउँपालिका खुल्ला दिसामुक्त हुँदै

१ असार २०७४, बिहीबार १४:२१
सदरलाइनडटकम  १ असार, नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं. ३ साविकको इन्द्रपुर गाविसलाई खुल्ला दिसामुक्त घोषणा गर्ने तयारीको लागि बिहिवार जिल्लास्तरिय सयुक्त अनुगमन टोलीले अनुगमन गरेको छ । अनुगमन टोलीले बाँके जिल्लालाई असार मसान्त भित्रै खुल्ला दिसामुत्त जिल्ला घोषणा गर्ने तयारी गरिरहेको छ । जिल्ला घोषणा गर्न चुनौती रहेको […]