पहिलो दिनमै लाखबढीले हेरे प्रमोद खरेलको नयाँ गीत ‘मै मोरो सोझो’ (भिडियो सहित)

२२ जेष्ठ २०७४, सोमबार १६:०२
 

सदरलाइनडटकम   
२२ जेठ, काठमाण्डौँ  : पछिल्लो समयमा गीत संगीतको क्षेत्रमा आफ्नो छुट्टै छाप छोड्न सफल रहेका चर्चित गायक प्रमोद खरेलले हालै सार्वजनिक गरेको नयाँ गीत ‘मै मोरो सोझो’को म्यूजिक भिडियो एकै दिनमा करिब १ लाखले हेरेका छन् ।

 ‘पानी है पर्यो धरर कान्छिको केश भिजायो,
केशको पानी बगेर निधारको टिका बगायो
मै मोरो सोझो पछि लागे पानीको
था भएन हेर्नु हुन्न बैश नानीको…’

बोलको गीत गायक खरेल कै शब्द संगीतमा तयार भएको म्यूजिक भिडियो उनकै च्यानलबाट शनिबार मात्रै अपलोड गरिएको थियो । समाचार तायार पार्दासम्म १ लाख १८ हजार ७१ जनाले हेरीसकोका छन् ।


गीतले रिलिज गरेको छोटो समयमा नै राम्रो चर्चा बटुलिरहेको र गीतबाट उनले दर्शकको विशेष माया पाउनेमा ढुक्क रहेको बताएका छन् ।

यसअघि प्रमोदको झुमा झुम्कावाली निर्देशन गरेका चर्चित निर्देशक नितिन चन्दले नै ‘मै मोरो सोझो’मा जुना सुन्दास र अर्जुन गौतमलाई अभिनय गराएका हुन् । ‘मै मोरो सोझो’मा गायक खरेलले लोक पप शैलिको प्रयोग गर्दै गीतमा भरपुर मिठास भरेका छन् । (भिडियो हेर्न तलको लिंकमा क्लिक गरौ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाताबरण दिवस विविध कार्याक्रमका साथ मनाईयो

२२ जेष्ठ २०७४, सोमबार १६:०२
सदरलाइनडटकम २२ जेठ, नेपालगन्ज : विश्व वातावरण दिवसको अवसरमा सोमबार नेपालगन्जमा प्रभातफेरी लगायतको कार्यक्रम आयोजना गरी मनाईएको  छ । ‘म प्रकृति सँगै छु’ भन्ने मुल नाराका साथ सरकारी तथा गैर सरकारी संघसंस्थाको आयोजनामा पुष्पलाल चोकबाट सुरु प्रभातफेरी नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो । नेपालगन्ज उप–महानगरपालिकाका कार्यकारी प्रमुख […]