शनिबार तीन कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु

सदरलाइन संवाददाता १८ बैशाख २०७८, शनिबार १७:५९
 

नेपालगञ्ज : बाँकेका बिभिन्न अस्पतालमा उपचाररत तीन जना कोरोन संक्रमितको उपचारको क्रममा शनिबार मृत्यु भएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका अनुसार मृत्यु हुनेमा बाँकेका २ र दाङका १ जना रहेका छन ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्शन तेज ओलीका अनुसार नेपालगञ्ज ४ का ५८ वर्षिय महिलाको शनिबार विहान सवा ९ बजे नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको छ । बैशाख १५ गते नर्सिंङ होम नेपालगञ्जमा भर्ना भएका उनको १६ गते कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।


यसैगरी भेरी अस्पताल नेपालगञ्जमा उपचाररत नेपालगञ्ज–१ का ४५ बर्षिय पुरुषको शनिबार बिहान १०ः३० बजे मृत्यु भएको छ । १५ बैशाखमा अस्पतालमा भर्ना भएका उनमा १६ गते कोरोना भाईरस पोजेटिभ देखिएको थियो ।

त्यसैगरी तुल्सीपुर ६ दाङका ४६ बर्षिय पुरुषको पनि दिउसो ३ बजे मृत्यु भएको छ । १३ बैशाखमा भेरी अस्पतालमा भर्ना भएका उनको १४ गते पीसीआर रिपोर्ट पोजेटिभ आएको थियो । भेरीमा उपचारकैक्रममा उनको मृत्यु भएको हो ।

योसंगै बाँकेका १२० जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ भने बाहिरी जिल्लावाट उपचारका लागि आएका ११८ जनाले कोरोना संक्रमणका कारण ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

होम आइसोलेसनमा बसेका संक्रमितलाई डा. रवीन्द्र पाण्डेका १६ सल्लाह

१८ बैशाख २०७८, शनिबार १७:५९
काठमाण्डौं : कोभिड १९ को संक्रमण भयावह रूपमा फैलिइरहेको छ । समुदायमा संक्रमण फैलिइसकेको अहिलेको स्थितिमा बिरामीले अस्पतालमा झट्ट भर्ना पाउन समेत मुस्किल हुन थालेको छ । यो बेला अधिकांश संक्रमित घरमै आइसोलेसनमा छन् । त्यसरी होम आइसोलेसनमा बसेका संक्रमितका लागि जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डेले केही महत्वपूर्ण सल्लाह दिएका छन् […]