बाताबरण दिवस विविध कार्याक्रमका साथ मनाईयो

२२ जेष्ठ २०७४, सोमबार १८:३३
 

सदरलाइनडटकम
२२ जेठ, नेपालगन्ज : विश्व वातावरण दिवसको अवसरमा सोमबार नेपालगन्जमा प्रभातफेरी लगायतको कार्यक्रम आयोजना गरी मनाईएको  छ । ‘म प्रकृति सँगै छु’ भन्ने मुल नाराका साथ सरकारी तथा गैर सरकारी संघसंस्थाको आयोजनामा पुष्पलाल चोकबाट सुरु प्रभातफेरी नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयमा पुगेर सभामा परिणत भएको थियो ।
नेपालगन्ज उप–महानगरपालिकाका कार्यकारी प्रमुख भिमबहादुर कुवँरको अध्यक्षता एंव प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको प्रमुख आतिथ्यमा भएको सभामा जिल्ला समन्वय समिति बाँकेका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका प्रमुख राजकुमार चौधरी, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, एनजिओ फेडेरेशन बाँकेका प्रतिनिधि शोभना मिश्र लगायतले सम्बोधन गरेका थिए ।
कार्यक्रममा बाँकेका जिल्ला शिक्षा अधिकारी भीमबहादुर साउद, जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिमबहादुर खड्का, जिल्ला वन कार्यालय बाँकेका प्रमुख पुष्पराज बर्तौला, नेपालगन्ज क्लिन एण्ड ग्रिन अभियानका संयोजक डा। बिनोद कर्णलगायतको सहभागिता रहेको थियो ।
जिल्ला समन्वय समिति बाँके, नेपालगन्ज उपमहानगरपालिका, नेपाल उद्योग बाणिज्य, सूचना र मानव अधिकार अनुसन्धान केन्द्र, नेपाल पर्यटन पत्रकार संघ, ग्रीन नेपालगन्ज क्लिन नेपालगन्जलगायतको सहभागितामा प्रभातफेरी निकालिएको नेपालगन्ज उपमहानगरपालिकाका वातावरण इन्जिनियर प्रमुख प्रकाश डिसीले जानकारी दिए ।
विश्व वातावरण दिवसको उपलक्ष्यमा नगरीलाई प्लाष्टिक मुक्त क्षेत्रको रुपमा अभियान चलाइने जानकारी दिदै नेपालगन्जलाई सफा र हराभरा बनाउन सामुहिक हस्ताक्षेर समेत गरिएको थियो ।


   

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्थानीय तह निर्वाचनको सुरक्षा लागि सीमा क्षेत्रमा संयुक्त गस्ती

२२ जेष्ठ २०७४, सोमबार १८:३३
सदरलाइनडटकम,  २३ जेठ, नेपालगन्ज  : दस्रो चरणको स्थानीय तहको निर्वाचनलाई दृष्टिगत गर्दै बाँकेको सीमामा सुरक्षा सतर्कता बढाइनुको साथै भारतीय सुरक्षा निकायसंगको समन्यवमा संयुक्त सीमा क्षेत्रको पेट्रोलिङ्गलाई तीब्र पारिएको छ । निर्वाचन व्यवस्थापन समिति बाँकेको संयोजक समेत रहेका बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थले मंगलबार बिहान नेपालगन्ज–रुपैडिहाको जमुनाह नाकाबाट संयुक्त सुरक्षा […]

ताजा अपडेट