नेपालगञ्जमा काँग्रेस–जसपा गठबन्धनका विष्ट र राई विजयी

सदरलाइन संवाददाता ६ जेष्ठ २०७९, शुक्रबार १०:५२
 

नेपालगञ्ज  : नेपालगञ्ज उपमहानगरपालिकाको नगरप्रमुख–उपप्रमुखमा कांग्रेस–जसपा गठबन्धनका उम्मेदवार विजयी भएका छन । नेपालगञ्ज उपमहानगरको घोषित मत परिणाम अनुसार नगर प्रमुखमा नेपाली काँग्रेसका प्रशान्त विष्ट र उप प्रमुखमा जनता समाजवादी पार्टी (जसपा)का नेपालका कमरुद्दिन राई निर्वाचित भएका छन् ।

नगर प्रमुखमा विष्टले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पशुपति दयाल मिश्रलाई दोब्बर बढी मतान्तरले पराजित गरेक हुन । उनले २३ हजार ४ सय ६० मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका मिश्रले ११ हजार ६ सय ७५ मत ल्याए । विष्ट र मिश्रबीच ११ हजार ७ सय ८५ मतको अन्तर रहेको छ । तेस्रो स्थानमा आएका रापप्राका नन्दलाल वैश्यले ७ हजार ५ सय ९८ प्राप्त गरेका छन् ।

यसैगरी उपप्रमुखमा जनता समाजवादी पार्टी (जसपा) का कमरुद्दिन राई निर्वाचित भएका छन् । उनले १७ हजार ९ सय ५० मत प्राप्त गरेका छन् । निकटतम प्रतिद्वन्दी नेकपा एमालेकी शान्तिदेवी ढकालले १० हजार ९ सय १५ मत प्राप्त गरिन् । राई र ढकालबीच ७ हजार ३५ मतको अन्तर रहेको छ । राप्रपाकी बिन्दु चर्तीमगरले १० हजार १ सय ३५ मत प्राप्त गरेकी छन् ।


नेपालगञ्ज उपमहानगरमा जसपाले उपप्रमुखसहित ६ वडामा जित हासिल गर्दै सबै भन्दा ठूलो दल भएको छ । काँग्रेसले नगरप्रमुख सहित ५ वडामा जित निकालेर दोस्रो , एमालेले ५ वडा, माओवादी केन्द्रले ४ वडा र राप्रपाले ३ वडामा जित हासिल गरेको छ ,। विगतको तुलनामा काँग्रेसले ३ र एमालेले १ वडा गुमाएका छन ।

नेपालगञ्ज उपमहानगरपालिकाको निर्वाचनमा नेपाली कांग्रेस, जसपासहित पाँच दलबीच गठबन्धन बनेको थियो, भने नेकपा एमाले र राप्रपा एक्ला एक्लै भिडेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको जानकीमा काँग्रेसका उम्मेदवार खाँ र यादव बिजयी

६ जेष्ठ २०७९, शुक्रबार १०:५२
  जानकी (बाँके) :  बाँके जानकी गाउपालिकामा नेपाली काँग्रेसका छब्बन खाँले ६ हजार ६ सय ५३ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रातिद्वन्द्वी एमालेका हिमान्शु यादवले ४ हजार ७ सय ९५मत ल्याए । उपाध्यक्षमा नेपाली काँग्रेसकै रामप्यारी यादवले ६ हजार ६ सय ९ मत ल्याउदै बिजयी हुँदा उनका […]