नरेन्द्र सिंह / सदरलाइन 
२ असार, नेपालगन्ज : नेपालगन्जको सुर्खेतरोडमा दुई सार्वजनिक यातायातबीचको अस्वस्थ प्रतिस्पर्दाको कारण ठूलो दुर्घटना हुनबाट जोगिएको छ । एकले अर्कोलाई ओभरटेक गर्नेक्रममा दुई यात्रुबहाक बस एक आपसमा ठोकिएका छन् ।
सुर्खेतरोडको होटल सिग्नेट अगाडि बागेश्वरी यातायातको ग १ ख ६८०५ र नमस्ते यातायातको बा ४ ख ४०४३ नं.को माईक्रो बस ओभरटेक गर्नेक्रममा आपसमा ठोकिएका हुन ।
आपसमा ठोकिदा सामान्य क्षति भएपनि मानविय क्षती भने भएको छैन । कालिकोटबाट सुर्खेत तर्फ आउदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको घटना सेलाउन नपाउदै व्यस्त सडकमा चालकहरुबीचमा हुने अस्वस्थ प्रतिश्पर्दाले ठूलो दुर्घटना निम्त्याउन सक्छ ।



