राजपाका स्थानीय नेता मतदानमा भए सहभागी

१५ जेष्ठ २०७४, सोमबार २०:११
 

सदरलाइनडटकम  
१५ जेठ, नेपालगन्ज : स्थानीय तहको निर्वाचन बहिष्कार गर्नेदेखि विथाल्नेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको राजपाका स्थानीय नेताहरुले भने निर्वाचन आयोगले आईतबार आयोजना गरेको नमूना मतदानमा भने भाग लिएका छन् ।
निर्वाचन आयोगले नेपालगन्जमा सोमबार आयोजना गरेको मतदाता शिक्षा अनुक्षणपछिको नमुना मतदानमा निर्वाचनमा सहभागी भएर उनीहरुले मतदान मात्र गरेनन् कसरी आफ्नो मत सुरक्षित गर्न सकिन्छ भनेर जिज्ञासा समेत राखेका थिए ।
उनीहरुको जिज्ञासा बाँकेका प्रमुख निर्वाचन अधिकृत तथा जिल्ला न्यायाधिश तेजनारायण पौडेलले नमुना मतपत्रमा मतहाल्ने तरिकाका बारेमा जानकारी गराएका थिए ।
सो कार्यमा राजपा नेपालका स्थानीय नेता तथा तराई मधेश सद्भावना पार्टीका जिल्ला अध्यक्ष केशवराम बर्मा र राजेन्द्र महतो नेतृत्वको सद्भावना पार्टीका जिल्ला अध्यक्ष लक्ष्मीनारायण बर्माले पनि नमूना मतदानमा भाग लिएर मतदान गरेका थिए ।
सो कार्यक्रममा राजमोका गौरीलाल कार्की, नेमकिपाका रशिद अहमद सिद्दिकी, परिवार दलकी जिल्ला अध्यक्ष लक्ष्मी बस्नेत जनता दलका रबीकान्त गुप्तालगायतका नेताहरुले सो मतदान प्रकृयामा भाग लिएका थिए ।     

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले बाँकेको उम्मेदवार छनौट र घरदैलो

१५ जेष्ठ २०७४, सोमबार २०:११
सदरलाइनडटकम   १५ जेठ, नेपालगन्ज : नेकपा एमाले बाँकेले जिल्लामा रहेका ८ वटा स्थानीय तहका ८१ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । आईतबार अबेर रातीसम्म जिल्ला कमिटीको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार चयन गरेको एमाले बाँके प्रचार विभागले जनाएको छ । नेपालगन्ज उप–महानगरपालिकाको प्रमुखमा पार्टी स्थायी कमिटीले समसुद्दिन सिद्दिकी […]