एमाले बाँकेको उम्मेदवार छनौट र घरदैलो

१५ जेष्ठ २०७४, सोमबार २०:४६
 

सदरलाइनडटकम  
१५ जेठ, नेपालगन्ज : नेकपा एमाले बाँकेले जिल्लामा रहेका ८ वटा स्थानीय तहका ८१ वटा वडामा सर्वसम्मत उम्मेदवार चयन गरेको छ । आईतबार अबेर रातीसम्म जिल्ला कमिटीको सचिवालय बैठकले सर्वसम्मत उम्मेदवार चयन गरेको एमाले बाँके प्रचार विभागले जनाएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाको प्रमुखमा पार्टी स्थायी कमिटीले समसुद्दिन सिद्दिकी र उपप्रमुखमा शान्ति ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेसंगै जिल्ला सचिवालयले ८१ वडाका सबै उम्मेदवार सर्बसम्मत तय गरेको उल्लेख छ ।
यस अघि नै प्रदेश कमिटीले कोहलपुर नगरपालिकाको प्रमुखमा लुटबहादुर रावत र उपप्रमुखमा कृष्णा चौधरी, खजुरा गाउँपालिकामा प्रमुखमा किस्मत कक्षपति र उपप्रमुखमा एकमाया विक, वैजनाथ गाउँपालिका प्रमुखमा मानबहादुर रुचाल र उपप्रमुखमा शारदा विक, डुडुवा गाउँपालिकामा प्रमुखमा शकील अहमद खाँ र उपप्रमुखमा कृष्णावती पाण्डे, राप्ती सोनारी गाउँपालिकामा प्रमुखमा तुलसी थारु र उपप्रमुखमा चमेली बागबल, जानकी गाउँपालिकामा प्रमुखमा रामनिवास यादव र उपप्रमुखमा भुमिसरा धिताल तथा नरैनापुर गाउँपालिकाको प्रमुखमा बिक्रम यादव र उपप्रमुखमा यादवलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
एमालेले ८१ वटै वडाको उम्मेदवार पनि छनौट गरि सकेको छ । कोहलपुर नरपालिका र गाउँपालिकाहरुको उम्मेदवारको पहिलो करिव करिव तय भइसकेको थियो । नेपालगन्ज उप–महानगरपालिकाको उम्मेदवार टुंगो लागेसँगै वडाहरुको उम्मेदवारको नामावली पनि बाहिर ल्याइएको छ ।
यता, उम्मेदवारहरुले भने चुनावी अभियानलाई दु्रतगतिमा अघि बढाएका छन् । नगरपालिका र सबै गाउँपालिका र वडामा घरदैलो, सभा चलेको छ ।
कोहलपुर नगरपालिकाले चप्परगौडीमा कोण सभा गरेको छ । बैजनाथ गाउँपालिकाको टिटिहिरिया, चिसापानी, डिगिया जब्दहवामा कार्यक्रम भएका छन् । चिसापानीमा भएको कार्यक्रममा माओवादीका तत्कालिन जनसरकार प्रमुख र कांग्रेसका दुई दर्जन कार्यकर्ता एमालेमा प्रवेश गरेको गाउँपालिका प्रमुखका उम्मेदवार मानबहादुर रुचालले जानकारी दिए ।
खजुरा, जानकी, डुडुवा, राप्ती सोनारी र नरैनापुर गाउँपालिकामा पनि जोडतोडका साथ घरदैलो र सभाहरु भएका छन् । खजुराका किस्मत कक्षपति, जानकीका रामनिवास यादव, डुडुवाका सकिल अहमद खाँ, राप्ती सोनारीका तुलसी थारु र नरैनापुरका विक्रम यादवले टोलटोलमा घरदैलो र सभाहरु भएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले निकट बुद्धिजिवी परिषदको क्षेत्रीय अध्यक्ष बने रिजाल

१५ जेष्ठ २०७४, सोमबार २०:४६
सदरलाइनडटकम    १५ जेठ, नेपालगन्ज : एमाले निकट नेपाल बुद्धिजिवि परिषद बाँकेले सोमबार क्षेत्रीय कमिटी विस्तार गरेको छ । बाँके निर्वाचन क्षेत्र न. १ को कोहलपुरमा भएको क्षेत्रीय भेलाले पुष्कर रिजालको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति चयन गरेको छ । पार्टीका बुद्धिजिवि फाँटका ईञ्चार्ज तथा एमाले केन्द्रीय प्रचार विभागका सदस्य […]