बाँके नरैनापुरका मतदातालाई बामगठबन्धन कै भर

१२ मंसिर २०७४, मंगलवार २०:५२
 

सदरलाइन / सरला सुवेदी
१२ मंसिर, कोहलपुर : बाँकेको कर्णाली उपनामले परिचित बघौडा क्षेत्रका बासिन्दाहरुलाई बाम गठबन्धनकै भर भएको बताएका छन् । मङलबार नरैनापुरको प्रत्येक वडामा घरदैलो गर्दै पुगेका बामगठबन्धनका नेता कार्यकर्तासंग बघौडाबासी जनताले ठूलो आश गरेको बताएका हुन ।
बामगठबन्धनका उम्मेदवार घरदैलोमा पुग्दा उनीहरुको एउटै आवाज थियो अब जे गर्छ बाम गठबन्धनले गर्छ त्यसैले अबको भोट बामगठबन्धनलाई भन्दै उत्साह साथ घरदैलो अभियान र चुनावी भेलामा उपस्थित भएका थिए ।
नरैनापुरको कटकुईयामा चुनावी भेलालाई सम्बोधन गर्दै समानुपातिक तर्फका उम्मेदवार तथा बाँके निर्वाचन पचिालन समितिका संयोजक दिनेशचन्द्र यादवले बाम गठबन्धनले मात्र बघौडा क्षेत्रको विकास संभव रहेको बताए ।
सो क्षेत्रका निबर्तमान सांसद समेत रहेका नेता यादवले बामपन्थी नेतृत्वमा पुग्दा मात्रै बघौडा क्षेत्रको विकास हुने ठोकुवा गरे । उनले आफ्नै पालामा बघौडा नेपालगन्ज सडक तीब्र रुपमा निर्माण हुँदै रहेको बताउदै बघौडा उज्यालो कार्यक्रम अन्तरगत प्रत्यक घरघरमा सोलार प्यानल मार्फत उज्यालो पुर्याएको बताए ।
लक्ष्मणपुरमा भएको अर्को चुनावी भेलालाई सम्बोधन गर्दै प्रतिनिधि सभाका प्रत्यक्ष तर्फका उम्मेदवार महेश्वर गहतराज अथकले कसैको लोभलालचमा नपरी बाम गठबन्धलाई मतदान गरि आफुले पाएको मताधिकारको सहि सदुपयोग गर्न आग्रह गरे ।
उनले आफुले चुनाव जितेमा राप्ती नदि नियन्त्रणका लागि दुबैतर्फ पक्की ड्याम बाध्ने, बाढी पीडितहरुको सुरक्षित बसोबासको व्यवस्था गर्ने, यसक्षेत्र भित्र रहेका सबै वडाहरुमा विद्युतीकरण गर्ने काम आफ्नो पहिलो प्राथमिकतामा रहने प्रतिबद्धता व्यक्त गरे ।
यसैगरी राप्तिसोनारी ९ ढकेरी, बुच्चापुर, उद्यैन, खैरी र नमुना गाउँमा उम्मेदवार सहित गरिएको घरदैलो कार्यक्रम गुरुवागाउमा आएर चुनावी भेलामा परिणत भएको थियो ।
भेलालाई सम्बोधन गर्दै बाके क्षेत्र नम्बर १(२) प्रदेश सभाको उम्मेदवार आरती पौडेलले यस क्षेत्रलाई अर्गानिक भिलेजको रुपमा स्थापित गराउन मेरो पहिलो पहल रहनेछ यस ठाउँको कृषिमा क्रान्ति ल्याउन कृषिको आधुनिकरण र व्यवसायिकरण गर्न आफु दिनरात लागि पर्ने आफ्नो प्रतिबद्धता राखेकी थिईन ।
मंगलबार नै बाम गठबन्धनले कोहलपुरको वडा नम्बर २ प्रगतिनगर, प्रेमनगर, वडा नम्बर ७को लखनवा, रजगढवा, वडा नम्बर ५ ९र ११मा घरदैलो सहित बिभिन्न कार्यक्रम सहित चुनावी अभियानलाई तीब्र पारेको कुरा निर्वाचन परिचालन सयोजक अब्दुल हुसेन खानले बताए ।


  

Next Post

मुलुकको स्थायित्व र विकासको लागि बामगठबन्धनको निर्माण

१२ मंसिर २०७४, मंगलवार २०:५२
सदरलाइनडटकम १२ मंसिर नेपालगन्ज : माओवादी केन्दका नेता तथा पूर्व गृहमन्त्री शक्ति बस्नेतले नेपालमा स्थायित्व र विकासका लागि बाम गठबन्धनको निर्माण गरिएको बताएका छन् । मंगलबार बाँकेको खजुरामा आयोजना गरेको चुनावी सभलाई सम्बोधन गर्दै नेता बस्नेतले स्थायीतत्व र विकासका लागि बाम गठबन्धनलाई जिताउन अपिल गरे । उनले आगमी निर्वाचनबाट बाम […]