सदरलाइनडटकम,
दाङ : नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले अहिले पार्टी नेतृत्व विधान संशोधनमा जुटेको बताएका छन् । प्रेस युनियन दाङले आइतवार घोराहीमा गरेको पत्रकार भेटघाटमा निधिले पार्टी अहिले सातवटै प्रदेशका १२ स्थानमा विधान संशोधनका लागि सुझाव संकलनमा जुटेको बताए ।
संघीय संरचनाअनुसार पार्टीको गतिविधि सञ्चालन गर्नुपर्ने हुदाँ अहिले पार्टीको सबै शक्ति त्यस तर्फ लागेको उनको भनाई थियो । कांग्रेस ऐतिहासिक पार्टी भएकोले लोकतान्त्रिक गणतन्त्र र संघीय संरचनाअनुसार पार्टीलाई ढाल्नुपर्ने भन्दै उनले आफूले सो कामलाई जोडदार रुपमा अगाडी बढाएको दाबी गरे ।
विधानअनुसारनै आगामी महाधिवेशन गरी पार्टीको गतिविधि अगाडी बढाउने भन्दै उपसभापति निधिले कम्युनिष्ट सरकारले कुनै पनि काम गर्न नसकेको आरोप लगाए । विकास निर्माणदेखि प्रदेशको कानून निमार्णसम्मको काममा सरकार असफल भएको भन्दै उनले सरकारको आलोचना गरे ।
