सदरलाइनडटकम
२५ मंसिर, नेपालगन्ज : बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै सिट बाम गठबन्धनको कब्जामा परेपछि कार्यकर्ताहरुले नाचगानका साथ धुम मच्चाएका छन् ।
गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा बाम गठबन्धका तर्फबाट महेश्वर गहतराज अथकले ३१ हजार १ सय ७३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधवराम खबीले २८ हजार २ सय १० मै चित्त बुझाउनु परेको थियो ।
प्रदेश सभा १ क मा बाम गठबन्धनका कृष्णा केसी नमूना विजयी भएकी छन् । उनले १३ हजार ४ सय ३६ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सरद चन्द्र बर्माले १० हजार २ सय ४० ल्याएका छन् ।
बाँके क्षेत्र नं.१ को ख मा बामगठबन्धन की आरती पौड्यालले १९ हजार ३ सय ८९ मत ल्याई बाजी मारेकी छन् । उनले लोकतान्त्रिक गठबन्धनका नारायण प्रसाद गौडेललाई ४ हजार १ सय ८४ मतले पछाडि पार्दै सो क्षेत्र बाट प्रदेश सभा सदस्यको लागि निर्वाचित भएकी हुन । गौडेलले १५ हजार २ सय ५ मत प्राप्त गरेका थिए ।
यसैबीच सो क्षेत्रको मतपरिणाम आईतबार राती आएको कारणले सोमबार बिहान एमाले पार्टी कार्यालयमा जम्मा भएर नेपालगन्ज नगर परिक्रमा गरी कोहलपुरतर्फ लागेका छन् ।