मुस्लिम समुदायको बेग्लै पहिचान छ : एमाले अध्यक्ष ओली

सदरलाइन संवाददाता ४ बैशाख २०७९, आईतवार ११:५४
 

नेपालगञ्ज : नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र ल्याउनमा नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान भएको बताएका छन् । एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठन बाँकेले आयोजना गरेको ‘रोजा इफ्तार’ कार्यक्रमलाई शनिबार बेलुका नेपालगञ्जमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

‘नेपाली मुस्लिम समुदायको बेग्लै पहिचान छ, मुस्लिम समुदायको पहिचानलाई एमाले पार्टीले सम्मान गर्दै आएको छ,’ एमाले अध्यक्ष ओलीले भने । एमाले नेतृत्वको सरकारले विगतमा मुस्लिम समुदायको चार्डपर्वलाई विशेष प्राथमिकता दिएको जिकिर गरे । एमाले नेतृत्वको सरकारको पालामा हज कमिटीले मुस्लिम समुदायका लागि राम्रा कामहरु गरेको अध्यक्ष ओलीले दाबी गरे ।


कार्यक्रमका प्रमुख अतिथी ओलीसँगै पार्टीका उपाध्यक्ष एवम् पुर्वअर्थमन्त्री विष्णु पौडेल, पार्टीका केन्द्रीय सदस्यहरु मोहम्मद हारुण, सुर्य ढकाल, पशुपति दयाल मिश्र, शान्ति ढकाल, दिपा शर्मा, जिल्ला अध्यक्ष किस्मतकुमार कक्षपति लगायत नेताहरु रोजा इफ्तारमा सहभागी भएका थिए ।

ईस्लामिक पात्रो अनुसारको रमदानको महिनामा ईस्लाम धर्मावलम्बीहरु एकमहिना लामो उपवास बस्ने चलन छ । बिहान सूर्योदय हुनु अघि नित्य कर्मगरेर दिनभरी निराहर बसेर साँझ उपबासको अन्त्य गर्ने चलनलाई रोजा अफ्तार भनिन्छ ।

सो अवसरमा ठुलो संख्यामा नेपालगञ्जका मुस्लिम समुदाय सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

सुर्खेतमा टेम्पो पल्टिँदा एकजनाको मृत्यु, तीन घाइते

४ बैशाख २०७९, आईतवार ११:५४
सुर्खेत : सुर्खेतको गुर्भाकोट नगरपालिका–१३ शेरघारी फर्ममा शनिबार साँझ टेम्पो अनियन्त्रित भएर पल्टिँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा चालकसहित ३ जना घाइते भएका छन् । मृत्यु हुनेमा टेम्पोमा सवार सुर्खेतकै गुर्भाकोट नगरपालिका–१४ का अन्दाजी ६० बर्षीय पदमबहादुर रासकोटी रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा मेहलकुना […]

सम्बन्धित