२०८३ असोज ३० , शुक्रबार
Sadarline
२०८३ असोज ३० , शुक्रबार

रेडक्रस बाँके बगिया उपशाखाद्वारा रक्तदान



सदरलाइनडटकम  
३० बैशाख, नेपालगन्ज : नेपाल रेडक्रस सोसाइटी बाँके शाखाको स्वर्ण जयन्तीका अवसरमा शनिवार यहा २३ जनाले रक्तदान गरेका छन । रेडक्रस बाँके बगिया उपशाखाको आयोजनामा भएको सो रक्तदानमा गोविन्द रेग्मी, माधव चौधरी, मनोज शाही, विपिन श्रेष्ठ, जयकेश सिंह, शिवानी शाही र परुल टण्डन लगायतको सहभागिता थियो ।
स्थानीय भेरी अञ्चल अस्पतालस्थित ब्लड बैंकमा आयोजित रक्तदान समारोहमा रेडक्रस बाँके शाखाका सभापति गोवर्धनसिंह सम्झनाले रक्तदानलाई सबै नागरिकले जीवनको अभिन्न अंगका रुपमा स्विकार्य गर्नुपर्ने बताउदै रक्तदान जीवनको सबैभन्दा ठूलो दान समेत सन्देश प्रवाह गर्नुपर्नेमा जोड दिए । उपशाखाका सभापति श्याम केसीका अनुसार, सो दिवसका अवसरमा उपशाखाले विभिन्न रचनात्मक काम गर्दै आइरहेको छ ।

प्रकाशित मिति : २०७४ वैशाख ३० गते शनिबार
ताजा समाचार