२०८३ कात्तिक १० , सोमबार
Sadarline
२०८३ कात्तिक १० , सोमबार

ईगाउमा जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता



सदरलाइनडटकम  
२५ चैत, नेपालगन्ज :  शहिद सेतु बिकको जन्मस्थल खजुरा गाउपालिका–४ इ गाउमा  शुक्रवारदेखि जिल्ला स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ । १३ औ शहिद सेतु बिक स्मृति क्रिकेट प्रतियोगिताको उद्घाटन बाँके क्षेत्र नम्बर ४ का सासद द्लबहादुर सुनारले गरेका हुन ।

सासद सुनारले क्लबका लागि दुइ लाख सहयोग गर्ने समेत बताए । आयोजक न्यु दर्पन युवा समुहका अध्यक्ष दलबहादुर बिसिका अनुसार प्रतियोगितामा १५ क्लबको सहभागिता छ । मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलिले ग्रामिण क्षेत्रमा भएको प्रतियोगिता जिल्लाबासिका लागी गौरब भएको बताए । क्लबका सचिब भोला मल्लका अनुसार प्रतियोगितामा प्रथमले नगद ५० हजार ५ सय र दोस्रो हुनेले २५ हजार २ सय ५० रुपिया पाउनेछन ।

उद्घाटनमा शहिद सेतुका पति शेर बहादुर बिसि, नेपाल क्यान्सर अस्पतालका अध्यक्ष किस्मत कक्षपती, एमाले नेता सतिस निरौला, एकमाया बिक, देबराम बिसि, झक बहादुर पौडेल, नेपाली काङ्ग्रेसका प्रेम बिसि, जिल्ला खेलकुद विकास समितिका सदस्य तिलबिर सुनार लगायत उपस्थित थिए ।

प्रकाशित मिति : २०७३ चैत २५ गते शुक्रबार
ताजा समाचार