१४ लाख ८ हजार भारतीय रुपैयासहित दुई प्रहरी नियन्त्रणमा

७ बैशाख २०७४, बिहीबार १९:१९
 

सदरलाइनडटकम   


७ बैशाख, नेपालगन्ज : नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले चौलिक्का चोकबाट १४ लाख बढी भारतीय नोटसहित दुई जनालाई बिहीबार पक्राउ गरेको छ ।
नेपालगन्जबाट सीमावर्ती भारतीय बजार रुपईडिहातर्फ जाँदै गरेका एक महिला र एक पुरुषलाई सुराकीको आधारमा चौलिक्का चौकमा दिउँसो करिब दुई बजे चेक जाँचका क्रममा १४ लाख ८ हजार ८० रुपैयाँसहित पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय महेन्द्रनगर बाँकेका सशस्त्र प्रहरी उपरीक्षक राजु अधिकारीले जानकारी दिए ।
प्रहरीले केहीदिन अघिमात्र नेपालमा अबैधरुपमा भारतीय रुपैयाकोे कारोबार गरेको आरोपमा २० लाख ४६ हजार २ सय ८० भारतीय रुपैयाँ र ७ लाख ३३ हजार १ सय ४० स्रोत नखुलेको नेपाली रुपैयाँ सहित प्रहरीले चारजनालाई नियन्त्रणमा लिएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले जुम्ला लाम्रा–१ हरिश्चन्द्र डाँगी र रुकुमकोट– १ सुनिता शाहीका साथबाट २ हजारको ४ सय ३६ थान, ५ सयको ९ सय ८२ थान, १ सयको ४ सय ४३ थान, ५० को १२ थान, २० को ३ र १० को १२ गरी १४ लाख ८ हजार ८० रुपैया भारतीय नोट सहित जिल्ला प्रहरी कार्यालय बाँकेमा अनुसंन्धान भईरहेको बाँकेका प्रहरी प्रवक्ता समेत रहेका प्रहरी नायव उपरीक्षक सरोज पौडेलले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

साप्ताहिक सरसफाई अभियानबाट जिम्मेवारी बोध गाराउनेतर्फ लाग्ने की ?

७ बैशाख २०७४, बिहीबार १९:१९
सदरलाइनडटकम   ८ बैशाख, नेपालगन्ज : पछिल्ला दिनहरुमा हरेक शनिवबार सामुदायिक सरसफाई अभियान नेपालगन्ज उप–महानगरपालिकाका विभिन्न स्थानहरुमा सञ्चालनमा छ । तर, नगरका केही ठाँउमा भने सरसफाई अभियानले केही पनि फरक पारेको छैन । सरसफाई अभियानमा सरिक हुने अभियन्ताहरुलाई सदरलाइनडटकमको टिमले नेपालगन्ज नगर भित्रैबाट लिएका केही तस्वीर सार्वजनिक गर्दै अभियानलाई जसरी […]