आन्दोलनमा होमिदै होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समिति

१९ चैत्र २०७३, शनिबार १८:०८
 

सदरलाइनडटकम 
१९ चैत, काठमाडौं : होमियोप्याथिक चिकित्सा विकास बिस्तार केन्द्रीय संघर्ष समितिले सरकार सामु ९ बुँदे माग अघि सारेको छ । शनिबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर होमियोप्याथिकलाई आयूर्वेदिकसँग राखेकोमा विरोध गरेको छ ।
समितिले पशुपति होमियोप्याथिक चिकित्सालयको स्वामित्वको जग्गा र भवनलाई उच्च अदालत पाटनले लिने प्रक्रियालाई रोकेर तत्काल होमियोप्याथिक चिकित्सा केन्द्रीय शिक्षण अस्पतालको रुपमा विकास गर्नको लागि माँग गरेको छ।
समितिले अघि सारेका मागहरुमा अनौपचारिक अनियमि शिक्षाबाट होमियोप्याथिक चिकित्सा आफ्नो सम्पूर्ण जीवन सर्मपर्ण गर्ने अग्रजहरूको लागि वैधानिक व्यवस्था गर्नुपर्ने, नेपाल सरकारबाट हाल बन्न लागेको आयूर्वेद तथा पुरक चिकित्सा नितीको परिमार्जन गरी आयूर्वेद, होमियोप्याथिक तथा पुरक चिकित्सा राखी प्रत्येक स्थानिय तहमा अनिवार्य होमियोप्याथिक चिकित्सालयको स्थापना गर्नुपर्ने लगायत रहेका छन।
समितिका संयोजक डा. खगेन्द्र कटुवालले आफ्ना मागहरू सरकारले तत्काल सम्बोधन नगरे कडा आन्दोलन गर्ने चेतावनी दिए ।
उनले भने, ‘हाम्रा मागहरू पुरा गर्नको लागि र २००७ साल देखि सरकारले स्थापना गरेको होमियोप्याथिक चिकित्सालाई आज आएर सरकारले अस्तित्व विहिन बनाउन लागेको छ, आफै विकास र वेद्धि गर्नुको साटो अस्तित्वनै समाप्त पार्ने खालको काम हुनु दुःख हो, हामी यसलाई जोगाउनको लागि सबै प्रकारका प्रयास गर्ने छौँ।’
त्यस्तै नेपाल होमियोप्याथिक चिकित्सा संघका अध्यक्ष डा. रविन्द्र रायले आयूर्वेदसँग कुनैपनि कुरा नमिल्ने भन्दै तत्काल आफ्ना मागहरू पुरा नभए होमियोप्याथिक चिकित्साको ईतिहास समाप्त हुने चिन्ता व्यक्त गरे ।उनले भने,‘यो पद्धतिको इतिहास पुरानो छ, यसलाई राज्यले बचाउनुको साटो यसको ईतिहास र यसमा लागेका चिकित्सकहरूको भविष्यमाथि खेलवाड गर्ने काम भएको छ, यो हामीलाई स्विकार्य छैन्।’
कार्यक्रममा अल नेपाल होमियोप्याथिकका अध्याक्ष विष्णु प्रसाद मिश्रले सरकारले विगत धेरै समयदेखि आफ्ना मागहरूलाई बेवास्ता गरेको गुनासो पोखे । उनले भने,‘आयूर्वेद र होमियोप्याथिक चिकित्सालाईसँगै राखेर वैज्ञानिक तवरबाट सञ्चालन गर्न सम्भव छ भने त्यो हामी स्वीकार गछौँँ, त्यो सम्भव पनि छैन, लोकतान्त्रिक शासन व्यवस्थामा अरुले आफ्नो पहिचानको खोजि गर्छन, हामी आफ्नो ईतिहास समाप्त पारेर बस्न सक्दैनौँ, बरु यसको विकास र बिस्तारको लागि जुनसुकै आन्दोलन गर्न तयार छौँ।’
उनले अघि थपे,‘होमियोप्याथिक चिकित्सालाई छुट्टै परिषदको रुपमा स्थापना हुुनुपर्छ, हामी होमियोप्याथिक चिकित्सालाई एउटा शिक्षण अस्पताल निर्माण गर्नुपर्छ भनेर लागिरहेको बेला सरकारले आफ्नो सम्पतिलाई सखाप पार्ने काम गर्दैछ।’
कार्यक्रममा संघर्ष समितिका सल्लाहकार डा. लेखनाथ न्यौपानेले होमियोप्याथिक उपचार सबै नेताले लिएको र यसलाई विकास एवम् विस्तार गर्ने काममा भने कोही पनि नलागेको आरोप लगाए । उनले भने,‘प्राय नेताहरूको उपचार यसै प्रविधबाट भएको छ, उहाँहरू सरकारको नाममा स्थापना भएको यस संस्थालाई तलमाथि पार्न हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दाजुले पैत्रिक सम्पत्ती नदिन नागरिकता मै कृर्ते गरेको आरोप

१९ चैत्र २०७३, शनिबार १८:०८
रुद्र सुवेदी/सदरलाइन       २० चैत, नेपालगन्ज : अंश मुद्दामा सरकारी टापछाप कृर्ते जालसाझी मुद्दाको निबेदन बोकेर विभिन्न कार्यालय धाउन थालेको ५ वर्ष बढी पुग्दा पनि न्याय पाउन त परै जावस सामान्य सुनवाई समेत नभएको पाईएको छ । नेपालगन्ज–१ धम्बोझीका ४४ वर्षिय मो. उस्मान हल्वाईले आफ्नै दाजु फारुख हल्वाईले आफुलाई पैत्रिक सम्पत्तिबाट […]