नरैनापुर (बाँके) : नरैनापुर गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले ७४औँ विश्व मानव अधिकार दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नरैनापुरवासीमा शुभकामना व्यक्त गरेका छन् ।
अध्यक्ष शाहले विश्वव्यापीरुपमा स्थापित मानव अधिकारको सम्मान, संरक्षण, सम्वद्र्धन तथा प्रभावकारी कार्यान्वयनको सुनिश्चितता नेपालको संविधानले गरेको स्मरण गर्दै मानव अधिकारको प्रवद्र्धन र कार्यान्वयनका लागि नरैनापुर गाउँपालिका लागिपरेको बताएका छन् ।
उनले मानव अधिकारको मर्म र भावनालाई आत्मसाथ गर्दै मानव जातिका साझा अधिकारहरु प्रत्याभूत गर्न सबैलाई सफलताका साथ यस क्षेत्रमा काम गर्न थप उर्जा मिलोस् भन्दै शुभकामना व्यक्त गरेका छन् ।