सदरलाइनडटकम,
दाङ : मासु खाँदा घाँटीमा अड्किएपछि सल्यानमा एक जनाको मृत्यु भएको छ । शारदा नगरपालिका वडा नम्बर १३ निवासी ६९ वर्षीय देवीलाल कामीको मृत्यु भएको हो ।
शनिवार राति सल्यानचौरका बालाराम कवरका घरमा झारफुक गर्न गएका उनको आइतवार बिहान ३ बजे बाख्राको मासु खाने क्रममा घाँटीमा अड्केपछि उपचारका लागि बिहान अस्पताल पुर्याएलगत्तै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
गाउँघरमा झारफुक गरिसकेपछि बोक्सी भगाउने भन्दै बाख्रा काट्ने रराति नै मासु पकाएर खाने चलन रहिआएको छ ।
