२०८३ कात्तिक १६ , आइतबार
Sadarline
२०८३ कात्तिक १६ , आइतबार

छिटईपुरवाका आगलागी पीडितलाई एमालेको सहयोग



सदरलाइनडटकम 
१६ बैशाख, नेपालगन्ज : बाँकेको डुडुवा गाउपालिका–२ छिटैपुरुवामा भएको आगलागी घटनाका पीडितलाई नेकपा एमाले बाँकेले राहात सहयोग गरेको छ । सो क्षेत्रका सांसद समेत रहेका नेकपा एमाले बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, पार्टीका जिल्ला अध्यक्ष अशोक कोइराला, एमाले केन्द्रीय उद्योग बिभागका सदस्य बिजय गुप्ता आगालागी भएको गाउँमा पुगेर शनिबार राहात सहयोग गरेका हुन ।
पार्टीका तर्फबाट प्रति परिवार एक हजार सहयोग गरिएको पार्टी अध्यक्ष अशोक कोइरालाले बताए । उनले भने,–‘सान्त्वना स्वरुप पीडितलाई सहयोग गरेका हौं । राज्यका तर्फबाट उचित सहयोगको माग गरेका छौं ।’
सो अवसरमा बोल्दै सो क्षेत्रका संसद दिनेश चन्द्र यादवले राप्तीपारी हुने आगलागी घटनाको दिर्घकालिन समाधानको खोजि गरिनुपर्ने र पीडित परिवारहरुलाई उचित क्षतिपुर्ती दिनुपर्ने बताए । दिउसो ३ बजे आगलागी हुदा घर र गोठ गरी ४७ पुर्ण रूपमा नष्ट भएका थिए ।

प्रकाशित मिति : २०७४ वैशाख १६ गते शनिबार
ताजा समाचार