मानव बेचविखनका मुद्दामा पीडितले उजुरी गर्न नमान्दा पीडक सजिलै उम्कदै

१० चैत्र २०७३, बिहीबार १८:५४
 

सपना विष्ट/सदरलाइन
१० चैत, नेपालगन्ज      : पीडितले उजुरी नगर्दाको कारण मानव बेचबिखनमा सक्रिय गिरोह मौलाउदै गएको एक कार्यक्रमका सहभागिले औल्याएका छन् । बाँकेको कोहलपुरमा बिहीबार साथी संस्थाले सञ्चलनमा ल्याएको मानव बेचबिखन बिरुद्धको परियोजना ‘सिटिआईपि’ कार्यक्रमले आयोजना गरेको मानव बेचविखन बिरुद्धको जिल्ला समिति तथा स्थानीय समितिका पदाधिकारीबीचको छलफलका अवसरमा सो कुरा औल्याईएको हो ।
‘जाने र लैजाने दुबै आफन्त वा एका घर कै हुने हुँदा पीडितले उजुरी नगर्ने उजुरी गरिहाले पनि विभिन्न दवावमा फिर्ता लिने गर्दा बैदेशिक रोजगारमा जाने तथा त्यसबाट पीडित झनै पीडित बन्ने गरेका छन्’–कोहलपुर नगर स्तरिय समितिका सचिव नारायणी ओलीले भनिन । उनले मानव तस्करले घर परिवार र आफन्तलाई प्रयोग गरेर आफ्नो सञ्जाल फैलाउने भएकोले मुख्य तस्कर सजिलै उम्कने उजुरी गरी हाले पनि घरपरिवार कै वा आफन्त मात्रै पर्ने भएकोले कानूनी प्रकृयामा जान नरुचाउने दावी गरीन ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रबिलाल पन्थको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बाँकेका विभिन्न गाविसका सचिव तथा स्थानिय समितिका पदाधिकारीहरु सहभागिता रहेका थिए । सहभागि गाविस सचिव तथा पदाधिकारीहरुले उमेर नपुगेका बालबालिकाको उमेर बढाई सिफारिस दिन र बालबालिकाको परिचयपत्र बनाई दिन भन्दै आफुहरुकहाँ अभिभावक आउने गरेको गुनासो गरे ।
उनीहरुले पछिल्लो समयमा भारतको कारगिल जानको लागि भन्दै परिचय पत्र बनाउने आउने बालबालिकाहरुको उमेर समूह १०–१५ बीचका रहेको र उनीहरु जोखिममा पर्ने भएकोले परिचयपत्र वा उमेर बढाएर सिफारिस दिन नमिल्ने भनेर पठाउदा पनि राजनीतिक दलबाट गरिदिनु भनेर दवाव आउने गरेको बताए ।


बाँकेका निमित्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिरेन्द्र कुमार बस्यालले लक्षित समूहको पहिचान गरी विभिन्ने क्षेत्रसंगको समन्वयमा मात्र घटनाको न्यूनिकरण र पीडितलाई न्याय पीडकलाई कारवाही गर्न सजिलो हुने बताए ।उनले बाँकेमा बितेका चारबर्षमा ४७ वटा मानव बेचविखनका मुद्दाहरु प्रहरीले चलाएको जानकारी दिए । उनले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षको ८ महिनामा मात्र ११ वटा मुद्दा रहेको छन् । यसैगरी २०७० मा १४ वटा , २०७१ मा १० वटा, २०७२ मा १२ वटा मुद्दा दर्ता भएका छन् ।
साथी संस्थाकी कमला पन्तले सहजिकरण गरेको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय बाँकेकी प्रमुख महिला विकास अधिकृत सुनिता केसी माईती नेपाल नेपालगन्जका केशव कोईरा, नेपाल पत्रकार महासंघ बाँकेका निबर्तमान अध्यक्ष रुद्र सुवेदी लालगायतले हालको अवस्था र गर्नु पर्ने सुधारको बारेमा आ–आफ्नो सुझाव समेत दिएका थिए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पत्रकार नेपाली माथि सशस्त्र प्रहरीद्वारा दुव्र्यबहारको आरोप

१० चैत्र २०७३, बिहीबार १८:५४
सदरलाइनडटकम                                                            यस्तो छ नेपाल पत्रकार महासंघ बाँकेको विज्ञप्ती  १० चैत, नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँके शाखाका साधारण सदस्य कमला नेपाली […]