जनैपूर्णिमा र रक्षाबन्धन हर्षोल्लासका साथ मनाईंदै

१० भाद्र २०७५, आईतवार १६:१७
 

सदरलाइनडटकम,
नेपालगन्ज : बाँकेलगायत तराई मधेसका जिल्लामा आइतवार हर्षोल्लासका साथ रक्षाबन्धन पर्व मनाईदैछ । दिदीबहिनी तथा दाजुभाइको प्रेमको प्रतीक मानिएको रक्षाबन्धन साउन शुक्ल पूर्णिमाका दिन मनाइने गरिन्छ । दिदीबहिनीले आफ्ना दाजुभाईलाई नाडीमा राखी बाँधेर दीर्घायु एवं सुस्वास्थ्यको कामना गर्दछन् भने दाजुभाईले दिदीबहिनीको आजीवन सुरक्षा गर्ने वचन दिन्छन् ।
रक्षाबन्धनका दिन दिदीबहिनीले दाजुभाईको नाडीमा बाँधेको राखीस्वरुप धागोका कारण दुबैजनाबीच अटुट सम्बन्ध रहने गरेको बिश्वास रहिआएको छ । जबसम्म जीवन र स्वास चलिरहन्छ तबसम्म भाई आफ्नो दिदीबहिनीको सुरक्षा र खुशीका लागि दृढ संकल्पित रहने गरेको धार्मिक विश्वास रहेको छ ।
राखी बाँधेपछि दाजुभाइहरुलाई मिठामिठा परिकारहरु खुवाउँइछ भने दिदीबहिनीलाई गच्छेअनुसार उपहार दिने चलन छ । रक्षाबन्धनका अवसरमा नेपालगन्को बागेश्वरी मन्दिरमा श्रद्धालुहरुको भीड रहेको छ ।
यस्तै जनैपूर्णिमा पनि आइतवार नेपालभरि मनाईदैछ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने उपाकर्म र ऋषितर्पणी विधिपूर्वक स्नान, ऋषि तर्पण र हातमा डोरो बाँधेर मनाइँदैछ । सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन तथा विचलित नहोऊ भनी डोरो बाँधेर जोगाएका थिए भन्ने पौराणिक मान्यताका आधारमा रक्षाबन्धनको परम्परा चलिआएको छ ।
यस दिन मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितहरुले यजमानको नाडीमा बाँधिदिने गर्दछन् । आजकै दिन तागाधारीले आफ्नो जनै अर्थात् यज्ञोपवीत फेर्छन् । कश्यप, अत्रि, भरद्वाज, विश्वामित्र, गौतम, जमदग्नि, वशिष्ठ र अगस्त्य गरी आठ ऋषिलाई पूजा एवं तर्पण गर्ने भएकाले आजको दिनलाई ऋषितर्पणी पनि भनिन्छ ।
प्रदेश २ र ७ मा सार्वजनिक विदा
प्रदेश नम्बर २ र ७ मा आइतवार सार्वजनिक बिदा दिइएको छ । सम्बन्धित प्रदेश सरकारले रक्षाबन्धनका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् ।
यसअघि प्रदेश सरकारले बिदा दिएपनि संघीय सरकारको मातहतमा रहेका निकाय तथा अदालतले बिदा दिन अस्वीकार गर्दै आएका थिए । दुबै प्रदेशका सम्पूर्ण सरकारी कार्यालय, अदालत, बैंक तथा वित्तिय संस्था, संस्थान र विद्यालयमा सार्वजनिक बिदा कार्यान्वयन गराउनका लागि सूचना प्रकाशित गरिएको छ ।

Next Post

रौतहट डुंगा दुर्घटनाः दुईको शव भेटियो

१० भाद्र २०७५, आईतवार १६:१७
सदरलाइनडटकम, रौतहट (गौर) : रौतहटस्थित लालबकैया नदीमा शनिबार बेलुकी भएको डुंगा दुर्घटनामा हराएका पाँच जनामध्ये दुई जनाको शव भेटिएको छ । अझै तीन जना बेपत्ता छन् । ईशनाथ नगरपालिका औरैयाकी ४० वर्षीया रूना देवी र ५० वर्षीया शान्तिदेबीको शव भारतस्थित बेल्वाघाट नदी किनारमा भेटिएको हो । औरयाबाट सदरमुकाम गौरतर्फ आउने क्रममा […]

ताजा अपडेट