पचहत्तर वर्षे गन्धर्बलार्ई बृद्धभत्ता दिने पार्टी कै भर

२६ कार्तिक २०७४, आईतवार १७:१२
 

सदरलाइनडटकम  
२६ कात्तिक, नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडका भद्रबहादुर गन्धर्व उमेरले ७६ वर्षको भए । साथमा रहेको सारङ्गी र सामाजिक सुरक्षा भत्ता कै भरमा जीवनयापन गर्दै आएका उनी आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफुलाई घरबासको व्यवस्था गरिदिने पार्टीका उम्मेदवारलाई भोट हाल्न जाने बताउछन् ।
‘उमेरले डाँडो काट्नै लाग्यो भएका ४ भाई छोरा मध्ये ३ भाई भारतमा रोजगारीको लागि गएका फर्केका छैनन् । साथमा दमले ग्रस्थ पारेकी बुढी र पोलियोले अशक्त बनाएको छोरा छ, अरुको साहारा खोज्ने बेलामा आफु साहार बन्न बाध्य छु’– सारङ्गी र्याई र्याई पार्दै आफ्नो पिरलो सुनाए ।
हातमा सारङ्गी बोकेर दैनिक पुराना भाका सुनाउदै कोहलपुर नेपालगन्जका पसल–पसल कुद्नु उनको दिनचार्य हो । सारङ्गीको तालमा आफ्नो पिरलो सुनाउदै उनले भने–‘बृद्ध भत्ता दिने पार्टीलाई भोट हाल्दै आएको छु । घरमै बसेको बेलामा पार्टीको सभामा पनि सारङ्गी बोकेर गीत गाउन आईदिनु भनेर बोलाउन आउछन् । बृद्ध भत्ता दिने पार्टी हो भने मात्र जान्छु नत्र जान्न भनिदिन्छु ।’
यी बृद्ध गन्र्धबको बस्नको लागि आफ्नो बास पनि नभएको र कोहलपुरको न्यूरोडमा रहेको सार्वजनिक स्थालमा बिगत केही बर्षदेखि बस्दै आएको उनी अव बन्ने सरकारले आफु जस्ताको लागि बस्ने बासको व्यवस्था गर्नुपर्ने बताउछन् । अशक्त छोरा, पत्नी र आफ्नो सामजिक सुरक्षा भत्ताबाट केही मात्रामा भए पनि गुजारा चलेको भन्दै उनले २०४८ सालदेखि अहिलेसम्म एमालेलाई भोट दिएको बताए ।
‘पहिलाको जसतो सारंङ्गीका पारखी पनि खासै छैनन् । कमाउन सक्ने छोराहरु साथमा छैनन् । उहिल्यै द्वन्द्वको बेलामा भारत पसेका फर्केर आएका छैनन् अव जसोतसो गुजारा यै सारङ्गीले गरेको छ । कसैले भजन सुनाउ भन्छन् कसैले पुराना गीतहरु सुनाउदै गुजारा चलाउदै आएको छु’– उनले भने ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगन्जमा काँग्रेसको क्षेत्रीय मिडिया सेन्टर स्थापना

२६ कार्तिक २०७४, आईतवार १७:१२
सदरलाइनडटकम   २७ कात्तिक, नेपालगन्ज : नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डेले लोकतन्त्रमा आएको कालो बादललाई हटाउन नेपाली जनताले फेरी एक पटक लोकतान्त्रिक शक्तिलाई मत दिनु पर्ने बताएका छन् । उनले सोमबार नेपालगन्जमा आगामि मंसिर २१ हुने निर्वाचनलाई मध्यनजर गर्दै नेपाली काँग्रेसले सञ्चालनमा ल्याएको क्षेत्रीयस्तरको मिडिया सेन्टरको उद्घाटन गर्दै सो […]