होटलको लागि जनशक्ति उत्पादन गर्दै ईमराल्ड कलेज नेपालगन्ज

७ चैत्र २०७३, सोमबार १३:५७
 

सदरलाइनडटकम       
७ चैत, नेपालगन्ज : ईमराल्ड कलेज अफ अप्लाईड म्यानेजमेन्ट सुर्खेतरोड नेपालगन्जले होटल व्यावसाय सञ्चालनको लागि दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले विषेश कक्षाहरु सञ्चालनमा ल्याएको छ ।
नेपालगन्जमा दक्ष र स्वारोजगार मुलक जनशक्ति उत्पादन गर्ने उद्देश्यले कलेजले छ महिने र १ वर्षे कक्षा सञ्चालनमा ल्याएको कलेजका सञ्चालक तथा निर्देशक राजन रानाले जानकारी दिए ।
उनले नेपालगन्ज मध्यपश्चिम र सुदूरपश्चिमको पर्यटन क्षेत्रको हब भएकोले पर्यटन क्षेत्रको विस्तार संगै सञ्चालनमा आएका गुणस्तरीय र सुविधा सम्पन्न होटलहरुमा दक्ष जनशक्ति पूर्ती गर्ने मुख्य लक्षका साथ कलेज सञ्चालनमा ल्याएको दावी गरे ।
उनले बर्षमा ३ पटक भर्ना खोलेर एक पटकमा २६ जनासम्म विद्यार्थीलाई भर्ना लिएर कक्षा सञ्चालन गर्ने योजनाका साथमा आफ्नै प्रयोगात्मक भान्सा, बार, पाहुना कोठालगायतको सामान्य होटलदेखि तारे होटलसम्मले दिने सेवाको विषयमा सैद्धान्तिक र प्रयोगात्मक कक्षाहरु नियमित सञ्चालनमा ल्याएको जानकारी दिए ।
‘तारे होटलदेखि सामान्य होटलमा पाहुनालाई दिईने सेवाको साथै उनीहरुको माग अनुसारको स्वादको खाना, बारको सुबिधा समेत दिनसक्ने जनशक्ति उत्पादन गर्दै रोजगार र स्वरोजगार बनाउने ध्येयका साथ लागेका छौ’–उनले भने ।
पहिलो पटक नेपालगन्जमा सञ्चालनमा आएको सो कलेजले पहिलो व्याचमा २ छात्रा सहित २६ जना भर्नाभई अध्ययन सुरु गरेको कलेजका निर्देशक रेशम चापागाईले जानकारी दिए । उनले कलेजले होटल म्यानेजमेण्टमा चर्चित नाम कमाएका लिंकन युनिभरसिटी कलेज र युरोपियन टेक्नीकल एण्ड भोकेशलन एकेडमी ‘ईटिभिए’ यंग सम्बन्धन लिएको र नेपालको सिटिईभिटीमा समेत संबन्धनको लागि प्रोसेसमा रहेको बताए ।


एसएलसी उतिर्णले पढ्न पाउने गरी कोर्ष डिजाईन गरिएको उनले जानकारी दिदै भने–‘ कक्षा सञ्चालन मल्टिमिडियाबाट हुने र कलेज मै सबै प्रयोगात्मक कक्षा सञ्चालन हुने भएकोले अध्ययन शुल्क केही महंगो छ ।’ उनले बार तथा खानाको परिकारको प्रयोगात्मक कक्षा सञ्चालनको लागि आवश्यक सामाग्री महंगो पर्ने भएकोले शिक्षण शुल्क केही महंगो जस्तो देखिएको स्पष्ट पारे ।
कलेजले छ महिने डिप्लोमा कोर्षको लागि प्रति विद्यार्थी १ लाख ५ हजार र १ वर्षे एडभान्स डिप्लोमा कोर्षको लागि १ लाख ७५ हजार शुल्क लिएको छ । उनले नेपालगन्जमा सञ्चालनमा आएका नयाँ तथा पुराना नाम चलेका होटलहरुसंग समेत सम्झौता गरी आफ्ना उत्पादनलाई अनद जब टे«निङ्ग (ओजेटी) गराउने जानकारी दिए । उनले नेपालगन्जका पुराना होटल स्नेहा, बाटिका, नयाँ होटल सिग्नेट कृष्णा, कलपत्रुलगायतका होटलसंग सम्झौता समेत भईसकेको बताए ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कागजात मिलाउदै सीमा क्षेत्रबाट गोरु तस्करी

७ चैत्र २०७३, सोमबार १३:५७
सदरलाइनडटकम    ७ चैत, नेपालगन्ज : बाँके–बर्दियाबाट जमीन जोत्ने उद्देश्य देखाई ठूलो संख्यामा गोरु कागजात मिलाई तस्करी हुने गरेको पाईएको छ । बाँके–बर्दियाका सीमावर्ती क्षेत्रमा संकलन गरी ट्रकमा लोड गरेर पूर्वी नेपालको सप्तरी, महोत्तरी लैजाने गरिएको पाईएको छ । ‘कागजमा जमिन जोत्ने प्रयोजनको लागि भनेर उल्लेख गरिएको भएपनि यसरी संकलन […]