सदरलाइनडटकम,
रुकुम पश्चिम : धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा रुकुम पश्चिममा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । मुसिकोट नगरपालिका ३ गोगनपानी रुकुम पश्चिमकी २७ वर्षीया कमला खड्कालाई धारिलो हतियार प्रहार गरी हत्या गरेको आरोपमा २७ वर्षीय नवीन खड्कालाई प्रहरीले पक्राउ गरेको हो ।
हत्या गरेर भाग्ने प्रयास गरेका खड्कालाई प्रहरीले तत्काल पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । खड्काले मदिरा सेवन गरेर हत्या गरेको पाइएको प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए ।
उनलाई हिरासतमा राखेर कर्तव्य ज्यान शीर्षकमा जाहेरी दरखास्त लिई जिल्ला अदालत रुकुम पश्चिमबाट म्याद थप गर्ने तयारी भइरहेको बताइएको छ ।
